Siraha Times
ताजा समाचार

प्रदेश:२ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि साहद्वारा मोडेल नेपाल कृषि फार्म निरिक्षण

  • साउन २३, २०७८
  • १०८० पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा -  सिरहा  जिल्लाको  धनगढीमाई नगरपालिका ४ स्थित निम चौकमा प्रदेश नम्वर २ कै नमुना गाई भैसी फार्म संचालन  भएको छ । महोत्तरी जिल्लाको भंगहा ३ का स्थानिय संजिव कुमार साहले प्रदेश २ कै नमुना मोडेल नेपाल  कृषि फार्म प्रा.लि. गाई भैसी फार्म संचालन गर्न लागेका हुन । साहले निजि  जमिनमा नमुना गाई भैसी फार्म संचालन गरि जिल्लाका ७२ बेरोजगार युवालाई स्वरोजगारको  तम्सिएका छन ।

जसको लागि अहिले उनी गाई भैसी आधुनिक गोठ ब्य्वाथिथ गर्नमा ब्यस्त रहेकाछन । मन्त्रि साहले भने 'प्रदेश सरकारवाट अनुदानमा कृषि यन्त्रमा  ५० % देखि ७५ % सम्म अनुदानमा उपलब्ध हुन्छ' । उक्त अत्याधुनिक तरिकाबाट निर्माण गरिरहेका उन्नत गाई भैसी पाल्ने लक्ष्य लिएका छन । उनको लक्ष्य अनुसार हाल १६२ गाई र ९७ ओटा भैसी (दुबई को बच्चा हरु ४२ ओटा) अहिले रहेको बताए  सय बाख्राबाट सुरु गरि भबिष्यमा गाई लाई १००० हजारसम्म लैजाने र भैसीलाई ३०० मा लैजाने  साहले बताएका  छन ।

पर्याप्त चरिचरणको ब्यबस्था भएको हुदा बाख्राको लागि राम्रो सम्भावना देखेको उनी बताउछन । उनले अहिलेपनी ३०/३५ वटा बाख्रा परम्परागत तरिकाले घरैमा पालिरहेका छन । नेपालमा कृषि बाहेक अन्य बिकल्प नभएकाले प्रत्यक युवाले ब्यबसायिक ढंगबाट सोच्ने समय आएको उनको बुझाई रहेको छ । “हाम्रो देश अत्यन्तै सम्भावनाले भरिपुर्ण देश हो । यहाँ जे गरेपनी सम्भब छ । तर त्यो अलि ठूलो हुनुपर्यो । ठूलो सोच राखेर सुरु गरिएको सानै कामले पनि उच्च प्रतिफल दिन्छ ।

त्यसैले प्रत्यक युवाले अब रोजगार हैन स्वरोजगार बन्न आवस्यक छ ।” राइले बताए । उनले थपे “मैले अरबको मरुभुमीमा समेत पसिना बगाएर आएको हुदा, अब आफ्नै देशमा केही गर्ने सोच छ । त्यहा गरेजती दु:ख यहि गरियो भने आफ्नै देशमा मनग्य प्रगती गर्न सकिन्छ ।” देशको राजनितिक हालात देखेर बिरक्तिएका राई अब भने आफैले केही गर्नुपर्छ भनेर कम्मर कसेका हुन । नेपालका हरेक युवालाई राजनितिक पार्टीहरूले उपभोग मात्र गर्ने गरेको तर युवाको ब्यबस्थापन गर्न भने ती राजनितिक दल र सरकार सफल भएको उनको गुनासो छ ।

त्यसैले पनि उनले हरेक युवालाई पार्टीको पछि लाग्न छोडेर अर्थ उपार्जनमुलक कार्यमा लाग्न आग्रह गरेका छन । जसको सुरुवात उनी आफैबाट गर्न लागेका हुन । उनले नमुना गाई भैसी फार्म मार्फत  मात्र गर्न खोजेका छैनन, बरु अन्य युवालाइ पनि उत्पादनसङ्ग जोडिन प्रेरित गरिरहेका छन । त्यसका अलावा नेपाल कृषि  सम्भावनालाई समेत उनले मध्यनजर गर्दै काम गरिरहेका छन । कुनैपनी काम नमुनाका रुपमा गर्न सकियो भने त्यसले मानिसलाई आकर्षण गर्ने उनको भनाई छ ।

त्यसैले आफ्नो उदेश्य केवल गाई भैसी पाल्ने मात्र नभएर अरुलाई पनि  पाल्न प्रेरित गर्ने र सिरहावासी लाई एउटा  मात्र होईन कृषि पर्यटनको क्षेत्रका रुपमा समेत बिकास गर्ने रहेको साहले बताएका छन । यसमा प्रदेश सरकारद्वारा  सकारात्मक साथ भए आफू सफल हुने साहले स्पष्ट पारेका छन । उनका अनुसार ब्यक्ती सफल वा असफल हुन पनि राज्यको भूमिका प्रमुख रहने हुदा राज्यबाट सकारात्मक साथ र सहयोग पाए जो कोहि सफल हुनेछ । देशका नागरिक सफल हुनु भनेको देशको सरकार सफल हुनु भएको उनको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१