ताजा समाचार

राहत वितरण कार्यलाई निरन्तरता दिँदै राजनीतिकर्मी सदाय

  • साउन २३, २०७८
  • १०७८ पटक पढिएको
  • रामएकवाल राम
alt

विनोद मण्डल सिरहा- कोरोना संक्रमण बढिरहेको अवस्थामा आम जनता पीडित र सामान्य जीवन कष्टमय भएको कहालीलाग्दो क्षणमा कोरोनाको तेश्रो कहर शुरू भएसँगै लामो समयदेखि नेकपा एमालेका राजनीति पृष्ठभूमि संग समीप रहेर आम जनताको घरदैलोमा आपत बिपतमा विभिन्न किसिमका सहयोग गर्दै आएका छन।
साविक गाउँविकास समिति विष्णुपुरकट्टी तथा हाल धनगढीमाई १२ का चर्चित नेता तथा समाजसेवी र नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय महासचिव रामस्वरूप सदायको पहल तथा दलित सरोकार मंच सप्तरीको सहयोगमा सिरहाको धनगडीमाई वडा नं ३र १२ मा ५१०जना दलित परिवारलाई राहत वितरण गरिने भएको छ ।

अगामी २४ र २५ गते गर्ने राहत वितरण कार्यक्रममा निम्न सामग्री वितरण गरिने पक्का भएको छ ।
१.जिरा मसिनो चामल -२५ कि.ग्रा.
२.पिठो १० कि.ग्रा.
३.खाने तेल१ लिटर
४चाना १ कि.ग्रा.
५.दाल १ कि. ग्रा.
६ प्याकेट नुन १ कि.ग्रा.
७.साबुन ४ वटा
माथि उल्लेखित राहत सामग्रीको लागि विवरण संकलनको लागि यसभन्दा अगाडी आषाढमा लक्षित दलित वर्गको विवरण संकलन गरिएको थियो । राहत तयारी अवस्थामा राखिएको र निर्धारित समय विहान ८ बजेदेखि वडा कार्यालय परिसरबाट वितरण गरिने पक्का भएको खवरले स्थानिय खुशी भएका छन ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤