सिरहा माडर नाकामा भन्सारको कर्मचारी र सुरक्षाकर्मीले तस्करसङ्ग महिनावारी लिएर सरकारको राजस्व छलिमा सहयोग

  • साउन २३, २०७८
  • १६६८ पटक पढिएको
  • रामएकवाल राम
alt

सबिन यादव सिरहा -  बारम्बार तस्करहरुसँगको सेटिँगले विवादमा रहँदै आएको सिरहा प्रहरीले सिरहाको विभिन्न नाकाबाट तस्करलाई लाइन दिएको खुलेको छ । 

सिरहाको मुख्य नाका माडरबाट दिनहुँ लाखौंको समान प्रहरीले बिना भन्सारको पास गराउँदै आएको खुलेको छ । भारतबाट भन्सार छली गरी ल्याउने समानलाई प्रहरीले तस्करलाई लाइन दिनेको गरेको छ । 

सिरहा भन्सारबाट प्रहरीले तस्करहरुलाई मात्र नभएर सिरहाका मध्यमदेखि ठुला व्यापारीहरुलाई समेत लाइन दिएको छ । व्यापारीहरुसँग महिनबारी रकम लिएर उनीहरुलाई बिना भन्सारकै समान पास गराई करोडौँको भन्सार छली गराउन सहयोग गरेको देखिएको छ । 

सिरहाको माडर नाकाबाट एक दिनमा लाखौंको समान झिकाउने सिरहाका व्यपाारी मोहन यादवको मालसमान विभिन्न सवारीबाट भित्रयाउने गरेको छ । जसको लागि प्रहरीसँग सेटिँग गरी फोन कलको भरमा छाडने गरेको छ । 

शुक्रबार माडर नाकाबाट लाखौंको समान व्यापारी मोहन यादवले मगाए । उनले केही समान मोटरसाईकलमा, केही समान बस मार्फत मगाएको देखिए । सहकर्मी सबिन यादवले मोहनको माललाई पछयाउँदै गर्दा त्यहाँ प्रहरीसँग सेटिँग भएको देखियो । 

व्यापारीका एक मान्छेलाई रोकाएर सोधपुछ गर्दा बोरा भित्र राखिएको रजनीगन्धा, सागर दुधको प्याकेटहरु व्यापारी मोहन यादवको रहेको खुलाए ।हाम्रा सहकर्मीले प्रहरीलाई जानकारी गराएपछि केही बेर रोकिएको थियो । 

केही बेरमा व्यापारी मोहन यादवको फोन आएपछि प्रहरीले उनलाई बिना चेकजाँचकै छाडेको भिडियो प्रष्ट छ । (भिडियो प्रमाण छ) सबिन यादवले गरेको स्टीँग अपरेशनको क्रममा प्रहरीलाई किन छाडनुभएको भन्ने प्रश्नमा केही पनि जवाफ नदिएको देखिएको छ । 

त्यसअघि मोहन यादवको मालसमान बोकेर पुरयाउने व्यक्तिसँग सोध्दा उनले प्रहरीलाई हाम्रो लाइन रहेको प्रष्ट खुलाएका छन् । ती व्यक्ति (नाम गोप्य राखिएको) का अनुसार, मोहनले सिरहा, बिशनपुरा, बलुवा लगायतका प्रहरीलाई मालसमान पार गराए वापत महिनबारी तिरिरहेको प्रष्टयाएका छन् । 

नेपाल प्रहरीले विभिन्न ठाउँमा उनलाई मोहनको फोनपछि छाडेका थिए भने त्यसपछि सशस्त्र प्रहरीलाई जानकारी गराएपछि उनलाई पुनः रोकिएको थियो । सशस्त्र प्रहरीकै अगाडी उनले विभिन्न ठाउँमा खटिने नेपाल प्रहरीलाई महिनबारी मोहनले दिने गरेको बताएका छन् । 

“हजुर, म गरिब छु, म त काम गर्छु, यो सबै मोहनको माल हो, मोहनले नै सबै ठाउँमा प्रहरीलाई पैसा दिन्छन् । प्रहरीले लाइन दिएको छ । अरु मलाई केही थाहा छैन् ।”– ती व्यक्तिले भिडियोमा भन्छन् । 

उनले प्रहरीलाई सबै ठाउँमा लाइन तिरेको भन्दै प्रहरीले आफूलाई कतै पनि नरोक्ने बताउँदै प्रहरीको हैसियत पनि दर्साए । भन्सारबाट आउने समानको लागि बिल मोहनसँगै हुने र आफूहरु केही केही गरी समान ल्याउने गरेको बताएको छ । 

यस अनुसार, माडर नाकाका भन्सार कर्मचारी, डयुटीमा खटेका सुरक्षाकर्मी पनि तस्करलाई सघाएर सरकारको राजस्व छली गर्न सहयोग गरेको प्रष्ट हुन्छ । 

माडर नाकादेखि सिरहा हुँदै चोहर्बादेखि पूर्व पश्चिम राजमार्गमा हरेक बजारसम्म यीनीहरुको लाईन प्रहरीसँग सेट गरिएको हुन्छ । प्रहरीले मासिक रुपमा केही रकम लिएर सरकारको भन्सार छली गराउन सहयोग गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

हेल्प मधेशी कतारले म ...

रामएकवाल राम दोहा , कतार :- नयाँ वर्ष २०८२ को सुखद अवसरमा हेल्प मधेशी कतारले एक कार्यक्रमको आयोजना ...

यातायात वीरगंजका अधि ...

रंजित चौरसिया,वीरगंज १३ बैशाख । यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त अधिकृत चन्द्रशेखर साहले ...

डिएसपीको रक्तदानले ब ...

ओम प्रकाश यादव, लहान वैशाख ११। बझाङ जिल्ला अस्पतालमा उपचाररत बुङगल नगरपालिका–७ की मदरा जाग्रीक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१