ताजा समाचार

तिलाठी कोईलाडी गाउँपालिकामा कागजमा झोलोङ्गे पुल कामै नगरी लाखौ बजेट निकाशा

  • साउन २३, २०७८
  • ७८६ पटक पढिएको
  • रामएकवाल राम
alt

राजविराज - सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा दुईवटा पुल निर्माण योजनामा लाखौं बजेट निकाशा भएपनि काम भने नभएको पाईएको छ । गाउँपालिकाको वडा ७ मंसापुरस्थित जिता खोला तथा वडा नम्बर ३ स्थित तिलाठी–सकरपुरामा झोलुङ्गे पुल निर्माण योजनामा कामै नगरी लाखौं बजेट निकाशा भएको हो ।मंसापुरमा झोलुङ्गे पुल निर्माणका लागि कूल २९ लाख, १९ हजार, ७ सय ५६ रुपैया बजेट बिनियोजन गरिएकोमा कामै नगरी १६ लाख ३७ हजार पेस्की निकासा गरिएको पाईएको छ । यसैगरी वडा नम्बर ३ स्थित तिलाठी–सकरपुरामा झोलुङ्गे पुल निर्माण योजनाका लागि २ करोड ८२ लाख ८० हजार १ सय ५० बिनियोजन गरेकोमा ७० लाख निकासा गरेको पाएको छ ।
 
कागतमा झोलुङ्गे पुल निर्माण गरि बजेट निकासा गरे पनि काम भने नभएको तिलाठी कोईलाडी गाउँपालिका ७ का बिनोद रामले जानकारी दिए । लाखौं बजेट निकासा भयो, उनले भने– काम भने फिटिक्कै भएको छैन । तिलाठी कोईलाडी गाउँपालिका ७ का सकलदेव खंगले पुल निर्माणमा बजेट आएको कुरा आफुलाई जानकारी नभएको बताए । उनले पुल निर्माण नहुँदा आवत जावतमा समस्या भएको बताउँदै पानीमा डुबेर खोला तर्नुपर्ने बाध्यता रहेको जानकारी दिए ।
 
यसैगरी तिलाठी–सकरपुरामा समेत पुल निर्माणको काम नभएको स्थानीयले बताएका छन् । झोलुङ्गे पुल निर्माण हुनेबारे सुन्नुमा आएको थियो एक स्थानीयले भने तर काम भने भएकै छैन । तिलाठी–सकरपुरामा पुल निर्माण कार्यका लागि उपभोक्त समिति निर्माण भएपनि काम भने नभएको उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र मुखियाले जानकारी दिए । पेस्कीबापतको बजेट निकासा गरी गाउँपालिकाले आफ्नै खातामा राखेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤