पूर्वी नवलपुरको दुम्किबास देखि ७८ लाख बराबरको भन्सार छलेर ल्याईएका ५९५ थान मोबाईल पक्राउ

  • साउन २२, २०७८
  • ७२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवलपरासी / २२ - सावन चितवन भरतपुरका अर्जुन ढकाल ७८ लाख बराबरको भन्सार छलेर ल्याईएका ५९५ थान मोबाईल सहित नवलपुरको दुम्किबास बाट पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय दुम्किबासको टोलिले दुम्किबास प्रहरी चौकी अगाडी चेकजाँच गर्ने क्रममा प्रदेश ३-०१-२३ च ५५४४ नं को कार चेक जाँच गर्ने क्रममा विभिन्न कम्पनी र मोडलका ५९५ थान सहित चितवन भरतपुर-८ का अर्जुन ढकाल कारचालक ईन्द्रलाल श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले बताए ।

बरामद गरिएका मोबाईलको बजार मुल्य ७८ लाख भन्दा धेरै हुने प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डिएसपी गिरीले बताए ।उनिहरु दुवैजनालाई दुम्कीबास प्रहरीको हिरासतमा राखिएको छ । नवलपरासीको नाकाबाट अवैध रुपमा भन्सार छलेर सामानहरु भित्रन थालेपछि नवलपुर प्रहरीले चेकजाँचलाई कडा पारेको छ ।

प्रतिक्रिया दिनुहोस

श्री ज. न. प्राविधिक ...

लहान, भदौ ६। सिरहा जिल्लाको नवराजपुर ४ गाउँपालिका सोनवर्षामा अवस्थित श्री जनता नमुना प्राविधिक ...

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१