Siraha Times
ताजा समाचार

पूर्वी नवलपुरको दुम्किबास देखि ७८ लाख बराबरको भन्सार छलेर ल्याईएका ५९५ थान मोबाईल पक्राउ

  • साउन २२, २०७८
  • ८५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवलपरासी / २२ - सावन चितवन भरतपुरका अर्जुन ढकाल ७८ लाख बराबरको भन्सार छलेर ल्याईएका ५९५ थान मोबाईल सहित नवलपुरको दुम्किबास बाट पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय दुम्किबासको टोलिले दुम्किबास प्रहरी चौकी अगाडी चेकजाँच गर्ने क्रममा प्रदेश ३-०१-२३ च ५५४४ नं को कार चेक जाँच गर्ने क्रममा विभिन्न कम्पनी र मोडलका ५९५ थान सहित चितवन भरतपुर-८ का अर्जुन ढकाल कारचालक ईन्द्रलाल श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले बताए ।

बरामद गरिएका मोबाईलको बजार मुल्य ७८ लाख भन्दा धेरै हुने प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डिएसपी गिरीले बताए ।उनिहरु दुवैजनालाई दुम्कीबास प्रहरीको हिरासतमा राखिएको छ । नवलपरासीको नाकाबाट अवैध रुपमा भन्सार छलेर सामानहरु भित्रन थालेपछि नवलपुर प्रहरीले चेकजाँचलाई कडा पारेको छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१