Siraha Times
ताजा समाचार

राजोवती माध्यमिक बिद्यालय कुशहामा साइकल बितरण कार्यक्रम सम्पन्न

  • साउन २१, २०७८
  • ६७६ पटक पढिएको
  • रामएकवाल राम
alt

सप्तरी : शम्भुनाथ नगरपालिका वडा न.१२ कुुशहा राजोवती माध्यमिक बिद्यालय कुशहा अर्नाहा,सप्तरीमा साइकल बितरण गरिएको छ ।

बिहीबार भएको एक समारोह आयोजन गर्दै कक्षा ८ क छात्राहरुलाई प्रदेश-२ सरकारको बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत साइकल बितरण गरियो। कक्षा ८ तह अध्यनरत श्री राजोवती माध्यमिक बिद्यालय कुशहा अर्नाहा सप्तरीमा ३४ जना छात्राहरुलाई प्रदेश न. २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि मा. शैलेन्द्र प्रसाद साह ज्यूद्वारा साइकल बितरण गरिएको छ।

226785790_1361316167597045_5592781039862319725_n

सोहि क्रममा शम्भुनाथ नगरपालिका वडा न.१२ का वडा अध्यक्ष लक्ष्मी साहले यस अभियानको प्रशंसा गर्दै यसलाई प्रभावकारी बनाउने भने समेत भन्नुभएको छ । भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि मा. शैलेन्द्र प्रसाद साह ज्यूले भन्नुभयो 'प्रदेश सरकार वाट जे सहयोग गर्नु पार्छ त्यसमा म कृषि सहकारी मन्त्रि भएर पनि शिक्षामा सहयोग गर्नेछु' साथ् साथै शिक्षामा अझ वृद्धि गर्नुपर्ने बताउनु भयो।

उहाले भन्नुभो साइकल बितरण गरि छात्राहरु को पहुचमा शिक्षाको वृद्धि हुने समेत भन्नु भयो। शम्भुनाथ नगरपालिका वडा न. १२ का वाडा अध्यक्ष् लक्ष्मी साह सहित , प्रधानअध्यापक धर्मदेब साह लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भयों।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१