Siraha Times
ताजा समाचार

सप्तरीमा कृषि मन्त्री साहद्वारा विष्णुपुर बजार उद्घाटन

  • साउन २१, २०७८
  • ५२२ पटक पढिएको
  • रामएकवाल राम
alt

सप्तरी । स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्ने र उपभोक्तालाई सुपथ मूल्यमा कृषिजन्य वस्तु उपलब्ध गराउने उद्देश्यले  विष्णुपुर गाउँपालिका वडा न.६  गोरगमा,रन्जितपुर  बजारमा कृषि हाट बजारको उद्घाटन कार्यक्रम  सम्पन्न  भएको छ ।

रन्जितपुरमा  उपभोक्तालाई लक्षित गरी निर्माण भएको आधुनिक  तरकारीको हाट बजारको आज उद्घाटन  सम्पन्न भएको छ। सप्तरीको  विष्णुपुर गाउँपालिका वडा न.६  गोरगमा,रन्जितपुर  बजारमा कृषि हाट बजार निर्माण भएको सो बजारको बुधवार प्रदेश न .२ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री मा. शैलेन्द्र प्रसाद साह ज्यूद्वारा  उद्घाटन भयो ।

१५ धुर क्षेत्रफलमा विष्णुपुर गाउँपालिका वडा न.६  गोरगमा,रन्जितपुरमा  निर्माण गरिएको बजारमा  २५ लाख रुपैयाँ खर्च भएको र यो रकम प्रदेश न. २ का  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय  स्वकीय सचिव दुर्गा साहले  जानकारी दिए।

प्रदेश २ सरकार  अन्तर्गतको तत्कालीन व्यावसायिक कृषि तथा व्यापार  अव्यवस्थित रूपमा सञ्चालनमा रहेको तरकारी बजारलाई व्यवस्थित बनाउन एकीकृत तरकारी बजार निर्माणले सहयोग  पुर्‍याउने विश्वास समेत कृषि मन्त्री साहले  लिएको छ। 

बजारमा  नम्बर- २ का सप्तरी स्थित रन्जितपुरमा   तरकारी  बजार  मापदण्ड अनुसार भएको बताइएको छ ।बजारको उद्घाटन गर्दे कृषि मन्त्री साहले  कृषिको उत्पादन वृद्धि गर्नुपर्नेमा जोड पनि दिँदै मन्त्री साहले  बताए।

त्यस्तै बजार उद्घाटनकै क्रममा मधेस आन्दोलनमा वीर सहिदहरू प्रति कृषि मन्त्री साहले फुल माला र मम्बती बालेर शोक व्यक्त समेत गर्नु भयो। त्यस्तै उद्घाटन समारोहमा उपस्थित हुने विभिन्न पार्टीका कार्यकर्ताहरूको उपस्थितिमा उद्घाटन सम्पन्न भयो । वडा न. ६ का अध्यक्ष श्री बहादुर सदा , गाउँपालिका अध्यक्ष, उपाध्यक्ष पालिका प्रमुख लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१