सशस्त्र प्रहरी बल नेपाल बिओपि सुभरनपट्टीको उद्घाटन

  • साउन २१, २०७८
  • ६९३ पटक पढिएको
  • रामएकवाल राम
alt

उमेश कुमार साह राजबिराज,२१ साउन ।

सप्तरीको बोदेबर्साई नगरपालिका वडा नम्बर ९ सुभरनपट्टीमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट आफ्नै भवनमा संचालनमा आएको छ ।

बोदेबर्साईन नगरपालिकाको सहयोगमा नवनिर्मित भवनको बिहिवार एक समारोहका बिच उद्वघाटन गरिएको हो। भवनको बोदेबर्साईन नगरपालिकाका प्रमुख आतेश सिंहले उद्वघाटन गरे । बोदेबर्साईन नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तस्सी यादवको अध्यक्षतामा आयोजित कार्यक्रम बोल्दै नगर प्रमुख सिंहले सशस्त्र प्रहरीको भवन उद्वघाटन गर्नु पाउदा खुशी महुसुस भएको बताए ।

226882911_150758853863499_4436382049838861596_n

नगरको शान्तीसुरक्षा कायम राख्न सशस्त्र प्रहरीले पुर्याएको योगदानको चर्चा गर्दै कार्यक्रमको प्रमुख अतिथी समेत रहेको नगरप्रमुख सिंहले भवन निर्माणले शान्ति सुरक्षाका लागि थप सहज भएको बताए । कार्यक्रममा सशस्त्र प्रहरी सप्तरीका प्रमुख राजु श्रेष्ठ, ईलाका प्रहरी कार्यालय बोदेबर्साईनका ईन्चार्ज जय प्रकाश साह , पत्रकार उमेश कुमार साह लगायतका स्थानीय जनप्रतिनिधि र बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

226265609_339244194586957_8760392791023701082_n

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको स्थापना गरि कार्यसम्पादन हुँदै आएको र बोदेबर्सान नगरपालिकाको आर्थिक सहयोगमा भवन निर्माणका लागि १३ कठ्ठा जग्गा समेत उपलब्ध गराएको आउट पोष्ट सुभरनपट्टीका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक उत्सव बिष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सुशीला कार्कीलाई प्र ...

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विष ...

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१