चितुवाको छाला सहित तीनजना पक्राऊ

  • साउन २१, २०७८
  • ३७९ पटक पढिएको
  • रामएकवाल राम
alt

बबिता मण्डल प्युठान - प्युठान नगरपालिका वडा नं ८ बाग्दुलामा रहेको सृजना होटलको प्राङ्गणमा अवैध चितुवाको छालाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश अनुसन्धान समुहको टोली र ईलाका प्रहरी कार्यालय विजुवार प्यूठानको संयुक्त प्रहरी टोलीले रातको समयमा छापा मार्दा तीनजना पक्राऊ परेका छन् ।
 
पक्राऊ पर्नेमा प्युठान झिम्रुक गाउँपालिका वडा नं १ बस्ने २९ वर्षिय अभिनास पुन , सरुमाराणी १ बाङ्गेशाल बस्ने ३२ वर्षिय छविलाल परियार ,दाङ राजपुर १  बस्ने २८ वर्षिय इन्द्र बहादुर खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । उनीहरूको साथबाट झोलामा पलास्टिक भित्र लुकाई राखेको अवस्थामा लम्बाई ६ फिट ६  इन्च चौडाई २  फिट २ इन्च चितुवाको कालो , सेतो ,खैरो रंगको छालासहित नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय प्युठान कानुनी कारबाही अगाडि बढाउन लागिएको छ ।
 
 
 
 

प्रतिक्रिया दिनुहोस

सुशीला कार्कीलाई प्र ...

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विष ...

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१