ताजा समाचार

सुजिता हत्या प्रकरणमा सुजिताको बुवाको संग्लनता पुष्टि हुने आधार देखिएन

  • साउन २१, २०७८
  • १०७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

साउन २१  महोत्तरीको सुजिता हत्या प्रकरणमा प्रहरीले सार्वजनिक गरेको अडियोले हत्यामा सुजिताको बुवाको संग्लनता पुष्टि हुने आधार पर्याप्त देखिएन । हत्यामा सुजिताको बुवा र देवर बिच कुनै साँठगाँठ भएको भए सुजिताको हत्या भएको बेला रुपेशले सुजिताको बुवालाई फोन गरेको थियो तर हत्या वारे कुनै जानकारी दिएन । हत्या भएको दुई दिन पछि छोरीको खोजखबर लिन सुजिताको आमाबुवा भमरपुरा पुग्दा रुपेशले सुजिता कसै संग भागेका बताएका थिए ।
सुजिताको हत्या भएको आशंका वारे माइते पक्षले वारम्वार जिल्ला प्रहरीलाई अवगत गराएका थिए, तर प्रहरीले न जाहेरी दर्ता गरे, न अनुसन्धान गर्न चासो देखाए, पछि समाजिक दबाव बढ्दा, डिआइजी, प्रदेश मन्त्रि, मधेशी आयोग आदि ले चासो देखाए पछि मात्र अनुसन्धान अगाडी बढयो र प्रदेश प्रहरीको कारण शव पनि भेटिएको थियो। शव फेला परेको दिन डिआइजी घटना स्थलमा पुगे तर जिल्लाको एसपी आएन ।प्रदेश प्रहरीको अनुसन्धान एउटा दिशा लिन थाले पछि उक्त टोलीलाई ब्याक गरियो, किन???
सुजिताको बुवाको कुनै संलग्नता हत्यामा छ भन्ने उनले पनि सजाय पाउनु पर्छ तर अन्य कुनै पनि कारणले अनुसन्धान गलत दिशामा नजाओस् र एकजना पनि निर्दोष फंस्नू भएन ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤