Siraha Times
ताजा समाचार

शिक्षा ऐन व्यवसायीमैत्री बनाउन प्रधानमन्त्रीलाई नेका द्वारा आग्रह

  • साउन २१, २०७८
  • ६९७ पटक पढिएको
  • रामएकवाल राम
alt

जितेश मण्डल काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

बुधबार बालुवाटारमा भेट गरी बधाई तथा शुभकामना दिंदै शैक्षिक परामर्श क्षेत्रमा भएका समस्याका विषयमा प्रधानमन्त्री देउवालाई जानकारी गराइएको थियो । नेकाका केन्द्रिय अध्यक्ष सन्तोष प्यकुरेलले प्रम देउवा समक्ष छात्रवृत्ति ऐन अन्र्तगत नेकाले विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनमा जान रोक्ने, शैक्षिक परामर्श संघहरुको दर्ता प्रक्रिया झन्झटिलो रहेको र त्यसलाई एकद्धार प्रणालीबाट लागु गर्न, कोभिडको असरले परामर्श व्यावसायीहरुको अवस्था दयनीय रहेकोले राहत प्रदान गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी शिक्षा ऐनमा समेटिएका कतिपय बुँदाहरु व्यावसाय मैत्री नभएकोमा व्यावसायी मैत्री बनाउन अध्यक्ष प्यकुरेलले आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले शिक्षा मन्त्रालय अन्र्तगत रहेका शैक्षिक परामर्शको सम्पुर्ण समस्याहरुको समाधान गर्न राष्ट्रिय शैक्षिक परामर्श संघसँग सुझाव लिदै समन्वयकारी भुमिका खेल्ने प्रतिवद्धता जनाउनु भएको सचिव दिपक कोईरालले जानकारी दिनु भयो ।

भेटमा नेकाका अध्यक्ष प्याकुरेलसँगै उपाध्यक्ष निरज सिटौला, महासचिव राकेश श्रेष्ठ,सचिव दिपक कोइराला, कोषध्यक्ष रमण कोइराला, सदस्यहरु वि.पी शार्मा,विक्रम शर्मा कँडेल र केशव सिंखडाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१