Siraha Times
ताजा समाचार

करोना भाइरस ( कोभिड ) विरुद्ध सचेतना सहित ,तपाईको मास्क खोइ अभियान सुरु ?

  • साउन २०, २०७८
  • ८३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

साउन २०गते २०८७ उमेश कुमार साह बोदे बर्साईन – कोरोना सङ्क्रमण (कोभिड १९) को तेस्रो भेरियन्ट आउन सक्ने भन्दै प्रहरी सडकमा निस्केर सचेतना अभियान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख प्रहरी नायब निरीक्षक जय प्रकाश साहले कोरोना सङ्क्रमणबाट बच्ने उपायबारे सचेतना दिन तपाईँको मास्क खोइ ? भन्ने कार्यक्रम अभियान सुरु गरेको हो ।मास्क अनिर्वाय लगाउनु पर्छ भन्ने शब्दको साथ यात्रुहरु लाई सचेतना र अबको दिनमा पनि स्वास्थ सहित सुरक्षित रहन आग्रह गरेका छन।

प्रहरीले बोदे बर्साईन नगरपालिका अन्तरगत विभिन्न बजारएरिया सहित विभिन्न कोरोना सम्बन्धी जानकारी मूलक पर्चा, साथै पछि माईकिङ् पनि गर्ने गरि , रोगबाट सुरक्षित हुन आग्रह गरेको छ । मास्क नलगाई हिँड्ने पैदल यात्रु सहित सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई मास्क सहित अबका दिनमा असुरक्षित यात्रा नगर्न सुझाव दिएको ईलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रमुख प्रहरी नायब निरीक्षक जय प्रकाश साहले बताए । यो अभियानलाई नगरभर लैजाने तयारीका साथ अगाडी बढिएको प्रमुख साहले बताए । पहिलो र दोस्रो कोरोना भेरियन्टमा अत्यन्तै जोखिम मोलेको बोदे बर्साईनलाई बेलैमा सचेतना मार्फत नागरिकको स्वास्थ्य सुरक्षाबाट सुरक्षित राख्न प्रहरीले अभियान थालेको जनाएको छ । बुधवार गरिएको सचेतना कार्यक्रममा बोदे बर्साइनमा शत्रुध्न चौक , हतिया , नगरपालिका अगाडी सहित बजारका मुख्य क्षेत्रमा जानकारी मूलक अभियान चलाएको थियो ।

Open Photo

यो रोगको महामारी सबै नागरिकको साथ र सहयोग आवश्यक छ प्रहरी प्रमुख साहले भने,‘प्रहरी हरेक विपद्मा साथमा रहे पनि रोगसँग भने सबै सचेत हुनुपर्छ ।’ सामान्य स्वास्थ्य मापदण्ड भए पनि अपनाउनु होला भन्ने नागरिक सन्देश दिन खोजेको हो उनले भने ।

 

प्रतिक्रिया दिनुहोस

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१