समाजिक संजालमा भाईरल यो तस्वीरको सत्यताके हो ?

  • साउन २०, २०७८
  • १६१९ पटक पढिएको
  • रामएकवाल राम
alt

सबिन यादव सिरहा। समाजिक सँजालमा मँगलबारदेखि नै भाइरल भएको यो तस्विरमा नेपाल प्रहरीको एक जवानले पछाडी दुई युवतिलाई राखेर गुडाएको देखिएको छ । 

समाजिक सँजालमा भाइरल भएको यो तस्विरमा नानाथरिका टिकाटिप्पणीहरु भइरहेको बेला यो तस्विरको बारेमा हामी जाँचबुझ गर्यौ । यो तस्विर राजविराजको हनुमाननगरस्थित लिएको तस्विर हो । 

सिरहाका एक युवकले लिएको यो तस्विरमा हेर्दा एक युवकले दुई युवतिलाई सरकारी नम्बर प्लेटको गाडी त्यसमाथि पनि नेपाल प्रहरीको गाडिमा तीन जना सवार गरी चलाएको देखिन्छ । 

खासमा, तीनजनाभन्दा पनि समाजिक सँजाल हेर्दा एउटा पोलिसको गाडीमा दुई “युवति” बसेको भन्दै नाकारात्मक टिकाटिप्पणीहरु गरिएको छ । तस्विर खिच्ने युवकका अनुसार, अगाडी बसेका प्रहरीका कर्मचारीले ती दुई युवतिसँग हँसी ठट्टा गर्दै गाडी चलाउँदै थियो ।

त्यसमाथि पनि अन्य सर्वसाधारणको हकमा लागु हुने ट्राफिक नियम नेपाल प्रहरीको गाडीमा लागु हुने की नाई ? भनेर प्रश्न पनि तेर्साएको छ । एक मोटरसाईकलमा तीन जना बस्न नहुने कानुन हुँदाहुँदै पनि नेपाल प्रहरीले नै तीन जना बसेर सवारी चलाउँदा नियम कानुन मात्र सर्वसाधारणको लागि भएको भन्दै आलोचना समेत भएको छ । 

ईलाका प्रहरी कार्यालय कँचनपुर सप्तरीको यो सेतो प्लेटको नेपाल पुलिसको सवारी र त्यसमा दुई युवतिसहित नेपाल प्रहरीको जवान सवार तस्विरको बारेमा हामीले बुझ्ने प्रयास गर्यौ । 

सो क्रममा इलाका प्रहरी कार्यालय कँचनपुर सप्तरीका डिएसपी लोकनाथ तिमिल्सीनाले तस्विरमा देखिएको दृश्य आफूलाई पनि प्राप्त भएको भन्दै वास्तविकता बेग्लै रहेको दाबी गरेका छन् । 

डिएसपी तिमिल्सीनाका अनुसार, केहीदिन देखि सप्तरीको हनुमाननगर बस्ने एक महिला (किशोरी) केही दिनदेखि हराइरहेको अवस्थामा परिवारजनले खोजतलासको लागि इलाका प्रहरी कार्यालय कँचनपुरमा निवेदन दिएको थियो । 

सोही खोजतलासको क्रममा विराटनर, जनकपुर, धरान, काठमान्डौँ लगायत अन्य विभिन्न शहरहरुमा खोजतलास गर्ने क्रममा काठमान्डौंमा भेटाएको दाबी डिएसपीको छ । उनका अनुसार, भेटाएपछि उनलाई ल्याउने क्रममा लिएको तस्विर हो । 

काठमान्डौंँबाट गाडीमा ल्याउँदा राजविरास्थितबाट नेपाल प्रहरीको मोटरसाईकलमा ल्याएको दाबी गरिएको छ । महिलाको मानसिक स्थिति आत्तिएको अवस्थामा भएकोले उनको एक जना आफन्तलाई लिएर उनलाई ईलाका प्रहरी कार्यालयमा ल्याउने क्रममा तस्विर खिचिएको बताइएको छ । 

एक्लै गाडीमा हुँदा भाग्न सक्ने वा प्रयास गर्ने हुन सक्ने अनुमान गर्दै उनको एक आफन्तलाईसँगै ल्याएको दाबी गरिएको छ । यद्यपी, डिएसपीले महिलाको नाम भने गोप्य राखिएको बताउँदै उनलाई अहिले सेफ हाउमा राखिएको जानकारी दिए । 

महिलालाई विगत तीनदेखि सुराकी लगाएर फेला पार्न सफल भएको बताउँदै डिएसपीले गाडीमा तीन जना देखिएपछि टिकाटिप्पणी स्वभाविक भएको बताए । 

प्रतिक्रिया दिनुहोस

जागिर चाहियो ? पोखरि ...

रंजित चौरसिया,वीरगंज ३० कार्तिक। पर्सा जिल्लाको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ...

२ दिने टुनाटपपरी ताल ...

रहमुल लहान २९ कार्तिक । संरक्षण परियोजना द्वारा सिरहाको लहान नगरपालिकाको मुतानीखोला उप-जलाधार क्षेत् ...

नहरकाे विषयमा कसको क ...

लहान कार्तिक २९ । लहान नगरपालिकाले बुधबार खुटी नहर निर्माण विषयमा देखिएका विवाद सम्बन्धमा समाधानका ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१