Siraha Times
ताजा समाचार

सिरहाको लहानमा सुविधा सम्पन्न स्कुल संचालनमा

  • साउन २०, २०७८
  • २५७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १९, साउन । सिरहाको लहान नगरपालिका वडा नम्बर - ८ मा करोडौंको लगानीमा सु - संस्कार युक्त / आधुनिक प्रविधिले भरीएको एक स्कुल संचालनमा आएको छ । स्कुल अफ स्कलर्स प्राइभेट लिमिटेडको नामबाट पुरानो/अनुभवी , दक्ष जनशक्तिहरुको संयुक्त लगानी र प्रयासमा स्कुल संचालनमा आएको हो । स्थानीय बिद्यार्थीलाई बाहीर जान रोक्नको लागि स्कुल संचालनमा ल्याइएको निर्देशक सुदिपराज कुशवाहाले जानकारी दिनुभयो । स्कुल संचालन गर्न करिब १० करोड लगानी लागेको छ, अझै ५० करोड सम्म खर्च लाग्ने छ ,´ उनले भने ।,

Open Photoशिक्षा नियमावलीमा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार अभिवकबाट शुल्क लिई प्रदेश नम्बर - २ मै नमुना स्कुल बनाउने लक्ष्य रहेको बताए । सरकारले +2 सम्म अनुमति दिएपनी महामारीको कारण हाल मन्टेश्वरी देखि कक्षा ९ सम्म मात्र स्कुल संचालनमा रहेको छ भन्दै उनले भने - `आगामी दिनमा मास्टर्स डिग्री सम्म अनुमती लिई कक्षा संचालन गर्ने योजना रहेको सुनाए ।, करिब ढाई बिघा क्षेत्रफल रहेको स्कुलमा प्रतिष्ठित ५१ जनाको संयुक्त लगानी रहेको छ । अध्ययन गर्न चाहने बिद्यार्थीलाई समय अनुकुल क्वालिटी एजुकेशन दिई समाज र राष्ट्रप्रती योगदान दिनेखालका दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको छ, प्रीन्सिपल अभिनारायण निरौलाले सुनाए ।,

Open Photoबिद्यार्थीलाई सामाजिक उत्तरदायित्वको बोध हुनेगरी शिक्षा प्रदान गरिने छ, उनको कथन रहेको थियोे ।, सिसि क्यामेराको निगरानीमा स्कुलको एप्लिकेसन डाउनलोड गरी चाहेको बेला जुनसुकै समयमा अभिवाकले बिद्यार्थी र शिक्षककोले गरेको गतिविधिहरु हेर्न सकिने छ । साईन्स ल्याब , म्याथम्याटिक्स ल्याब , आईसिटी ल्याब, लगायतका सम्पुर्ण ल्याबहरु छुट्टाछुट्टै रहने छ , हरेक क्षेत्रको विज्ञहरुद्वारा नियमित कक्षा संचालन गरीने स्कुल श्रोतको भनाई छ । ,

Open Photo

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१