ताजा समाचार

देशभरीका सम्पुर्ण कुशवाहाहरुलाई राष्ट्रिय जनगणनामा समावेश हुन :अध्यक्ष महतोको आग्रह

  • साउन १९, २०७८
  • ५०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ श्रावण - राष्ट्रिय जनगणना २०७८ को कार्यक्रममा देश भरिका सम्पुर्ण कुशवाहाहरुलाई जनगनामा नाम दर्ता गराउन नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजका राष्ट्रिय अध्यक्ष मुकेश कुमार महतोले आग्रह गरेका छन् । राष्ट्रिय जनगणनामा नेपाल जनगणनामा समावेश भई तथ्याङ्क विभागद्धारा सुचिकृत गराउन माग गरिएको छन् ।नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजका केन्दिय्र कार्य समितिका अध्यक्ष मुकेश कुमार महतोले नेपालमा विगतको जनगणनामा अधिक्तम् कुशवाहा छुट्टिएको हुँदा अबको जनगनामा कोई न छटने अभिप्रायले केन्द्रिय अध्यक्ष महतोले अपिल गरेका छन् । नेपालका विभिन्न जिल्ला तथा प्रदेश मध्ये प्रदेश नंं.१, प्रदेश नंं.२,प्रदेश नंं.३,प्रदेश नंं.५ लगाइत सम्पुर्ण जिल्ला, क्षेत्रिय तथा नगर कार्य समिति र नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजले जनचेतना तथा घरदैलो जस्ता कार्यक्रम गरी सबैमा अपील गरिएका छन्। बिगतको जनगणनामा कुशवाहाको संख्या ३ लाख मात्र देखिएको तथ्यांकमा उल्लेख छ।के तपाईको जात-जाती के हो कोड नं.१८का अनुसार “कुशवाहा तथा कोइरी”उल्लेख गर्नु पर्ने छ । कुशवंशीहरुले लेखिने जातीय पदाबदीहरुमा कुशवाहा,सिहं,महतो,मेहता पटेल,मैर्य,सिँहा,कोइरी,महत लगाईतका जातिय उपाधीहरु लेखने गरेका छन्। ब्यक्तीहरुले जतिय कोड नं.१८का अनुसार “कुशवाहा तथा कोइरी”लेख्न अध्यक्ष महतोले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤