Siraha Times
ताजा समाचार

लागू औषध कारोबारीलाई नै प्रहरीले फरार गराएको प्रत्यक्षदर्शीको आरोप

  • साउन १९, २०७८
  • ६८९ पटक पढिएको
  • रामएकवाल राम
alt

उमेश दुबे,पर्सा १९ श्रावण - बिरगंजको पिपरा नजिकै लागू औषध गाजा बोकेर आउदै गरेको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपनी मोटो रकमको नजराना बुझेर चालकलाइ फरार गराइएको प्रत्यक्षदर्शीले बताएका छन ।

बिरगंजको बाइपास सडक खन्डमा ट्रकलाइ रोकि चेकजाच गर्दा लागू औषध गाजा बरामद भएपछी दोस्रो बाइपासमा लागि कुरा मिलाएको प्रत्यक्षदर्शीले आरोप लगाएका हुन । मकवानपुरको मनहरीबाट बिरगंजतर्फ लागू औषध गाजा बोकि ट्रक जाँदै गरेको सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट टोलि परिचालन भएको थियो । तर बाइपासको बोल बम पेट्रोल नजिकै समातिएको ट्रक दोश्रो बाइपासमा लगेर बार्गेनिङ्ग गरे पश्चात् चालकलाइ फरार गराइएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन ।

आज बिहान करीब साढे ६ बजेको समयमा सशस्त्र प्रहरीले ट्रक र लागू औषध बरामद गरेपनी चालक हुदा हुँदै बेवारिसे अवस्थामा बरामद भएको जानकारी दिनुले बार्गेनिङ भएको हुन सक्ने प्रत्यक्षदर्शीले बताए । ना ३ ख ४२९७ नम्बरको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिइ चालक सहित दोश्रो बाइपास तिर गएको तर प्रहरीले चालकलाइ उजागर नगर्नुले पैसाको चलखेल हुन सक्ने स्थानीय प्रत्यक्षदर्शीले बताए ।

यता सशस्त्र प्रहरीले सूचना आउनसाथ टोलि परिचालन गरिएको तर चालक नभइ मात्र ट्रक र लागू औषध गाजा २१ किलो बरामद गरेको दाबी गरेको छ । सशस्त्र प्रहरीले लागू औषध गाजा सहित ट्रकलाइ अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउने तयारी गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१