Siraha Times
ताजा समाचार

जनप्रतिनिधिको चरम लापरवाहीको कारण पर्साको पोखरीया नगरपालिकाको अवस्था दिनप्रतिदिन दयनिय बन्दै

  • साउन १६, २०७८
  • ७२२ पटक पढिएको
  • रामएकवाल राम
alt

पर्सा,-  जनप्रतिनिधिको चरम लापरवाहीको कारण पर्साको पोखरीया नगरपालिकाको अवस्था दिनप्रतिदिन दयनिय बन्दै गएको छ ।

नगरवासीहरले नगरप्रमुखमा युवा व्यक्तिलाई चयन गरी पोखरीयाको विकासमा आमुल परिवर्तन गर्ने अपेक्षा गरेको भए पनि निर्वाचित जनप्रतिनिधिहरु जनताका आकांक्षा र भावना विपरित भ्रष्टाचार र अनियमिततामा लाग्न थालेपछि पोखरीयाको शिक्षा, स्वास्थ्य र विकास निर्माण लथालिङ्ग भएको छ । नगरप्रमुख दिपनारायण रौनियार नगरवासीको अपेक्षा विपरित भ्रष्टाचार र अनियमिततामा फसेपछि अहिले उनलाई आफ्नै राजनीतिक गुरु राजकुमार यादवले समेत साथ छोडेको बर्षौ भई सकेको छ ।

युवाले आमुल परिवर्तन गर्न सक्ने अपेक्षा सहित आफूले दिपनारायण रौनियार मन्टुलाई नगरप्रमुखमा चुनाव लडाएर जिताएको भए पनि मन्टु जनभावना विपरित हिड्न थालेपछि आफ्नो टिमले साथ छाडेको यादवले बताउनु भयो । अहिले नगर प्रमुख सहितका जनप्रतिनिधिहरुको लापरवाहीको कारण पोखरीयाको जिल्ला उच्चांगल मावि, पोखरीया अस्पतालको विजोग भएको छ भने पोखरीया नगर क्षेत्रमा विकास निर्माणको नाममा नगरपालिकाले गरेका काम गुणस्तरहिन भएको भन्दै नगरवासी आक्रोशित भएका छन् ।

जनप्रतिनिधिहरु अनियमितता र कमिशनमा फस्दा पोखरीयामा बनेका सडकहरुले उदाहरण देखाएका छन । युवा जोश जागरका साथ दुई दुई जना सांसद भई सकेका व्यक्तिलाई हराएर नगर प्रमुखमा निर्वाचित भएका दिप नारायण रौनियारले पोखरीयाको विकासलाई द्रुतगतिमा अगाडी बढाउने अपेक्षा विपरित उल्टो गतिमा नगरलाई हिडाएको आरोप पोखरीयाका स्थानियवासीले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१