ताजा समाचार

मल खाद्य नपाएर किसान चिन्तित

  • साउन १४, २०७८
  • ११४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार/साउन १४ सिरहा जिल्ला भरिका अधिकांश किसानहरु मल खाद्य नपाएको कारण अवस्था कहालीलाग्दो अर्थात अति नै चिन्तित भएको हो । आज कृषि सामग्री कम्पनी लिमिटेड लहानका कार्यालय प्रमुख दिपक पौड्याललाई प्रत्यक्ष भेटघाट गर्दा आज बिहानै सैयौं जना किसानलाई गाउँपालिका नगरपालिका फर्काए। स्थानीय तहको सिफारिसमा हरेक कृषि सामग्री सहकारीलाई मैले मल खाद्य सोमबार वितरण गरे। अहिले डिएपी प्रति बोरा २२५०/- , युरिया प्रति बोरा ७८८ सहकारीलाई दिइएको पौड्यालले बताए । पौड्यालका अनुसार फेरि पनि आउँदो सोमबारबाट मल वितरण गरिने योजना रहेको उनले जानकारी दिइएको हो । धान रोपिसके पछि १ हप्ता भित्र मल खाद्य दिनुपर्ने अनिवार्य हुन्छ । तर, नेपाललाई कृषि प्रधानको दर्जा दिइएको छ,तर , उक्त दर्जा कागजमै सिमित भएको अवस्था हो । किसानको समस्या सामाधान गरिदिन प्रशासन पक्ष लगायत सम्बन्धित निकायले यस बारेमा चासो लिनुपर्ने देखिन्छ । तर, गोप्य सुचना प्राप्त अनुसार मल खाद्यमा चरम् कालबजारी भईरहेको समेत खुलासा भएको हो । त्यसमा पनि जनप्रतिनिधि र सहकारीका अध्यक्ष मिलेमतोमा , आखिर कहिले कालोबजारी अन्त्य ?

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤