लहान वन कार्यालयको घटनामा संलग्न दोसीलाई कडा कार्वाही गर्न कार्यालय प्रमुखको माग

  • श्रावण ५, २०७८
  • ११५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ०५, साउन । सिरहाको लहानमा रहेको वन डिभिजन कार्यालयमा गत साउन- १ गते भएको तोडफोडको घटना प्रतिशोध साध्न गरिएको रहस्य बाहिरिएको छ । डिभिजन वन कार्यालय लहानका प्रमुख शुभाषचन्द्र दासले सोमबार पत्रकार सम्मेलन गरी सो कुरा बताएको हो । गत आर्थिक बर्ष २०७७/०७८ मा कार्यालयद्वारा फलफुलको बिरुवा खरीद गरिएको बिषयलाई लिएर केहि ब्यक्तिले अराजगत गतिबिधी गरी कर्यालयमा तोडफोडको घटना गरेको बताए । उनले भने, ‘ फलफुलको बिरुवा खरिद गर्न गत आ.ब.मा संघिय सरकारको सशर्त अनुदान स्वरुप यस कार्यालयका लागि ५० लाख रुपौया बजेट बिनियोजन गरिएको थियो।,

४० हजार आँपको बिरुवा र १० हजार लिचिको बिरुवा गरी जम्मा ५० हजार बिरुवा खरिद गर्न अनुदान स्वरुप संघिय सरकारले उक्त रकम पठाएको थियो ।` कार्यालयले आह्वान गरेको खुल्ला टेन्डरमा जिल्ला र जिल्ला बाहिरका १२ वटा नर्सरीहरुले आबेदन दिएका थिए ´ आबेदन दिएका मध्ये मुल्यांकन समितिको निर्णय अनुसार कम दररेट (२५ लाख ७५ हजार रुपैया) कबुल गर्ने लहान - १९ मा रहेको चतुर्भुज नर्सरीको दरभाउपत्र स्वीकृत भएको थियो । उक्त नर्सरीलाई सम्झौता गर्न लागि कार्यालयबाट पत्र पठाएपनी निर्धारीत समयमा सम्झौता गर्न नआएपछी बैकल्पिकको रुपमा रहेको दोस्रो कम दररेट (३९ लाख ५० हजार रुपैया) कबुल गरेका रौतहट जिल्लाको दिलिप नर्सरी वागवानी फर्म कटहरिया नगरपालिका वडा नम्बर– ३ बिर्तीलाई सम्झौता गर्न लिखित र मौखिक रुपमा पटक पटक कार्यालयबाट चिट्ठी पठाए ।, सो नर्सरीले पनि सम्झौता गर्न अस्विकार गरेपछी आर्थिक ऎनलाई टेकेर कार्यालयले कोटेशन मार्फत बिरुवा खरिद गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा प्रमुख दासले बताए ।

उनले भने , `जिल्लाबासीको मागको आधारमा कार्यालयले ५ हजार लिचीको बिरुवा , ५ हजार कागती र ५ हजार आँपको बिरुवा कार्यालयबाट कोटेशन मार्फत खरिद गर्ने निर्णय गर्यो ।, जम्मा १५ हजार बिरुवा खरीद गर्न सिरहा जिल्लाका बिमल , कबिता र आर डि नमस्ते नर्सरीको कोटेशन स्वीकृत भयो । प्रती बिरुवा ९५ रुपैया ५० पैसाको दरले जम्मा १४ लाख ३२ हजारको बिरुवा कार्यालयबाट खरीद भएको बताए । टेन्डर स्वीकृत भएका नर्सरीहरुको १ लाख ४४ हजार धरौटी जफत भएपछी कार्यालयमा तोडफेडको घटना घटाएको हुन सक्ने कार्यालयको अनुमान छ । सम्झौता गर्न नआउने र आफुमाथि विभिन्न भ्रष्टाचारको झुठा आरोप लगाएर गुण्डा परिचालन गरी कार्यालय तोडफोड गर्नु र कर्मचारीलाई कुटपिट गर्नमा रौतहट जिल्लाको दिलिप नर्सरी संचालकको भुमिका हुनसक्ने प्रमुखको आरोप छ । कार्यालयले दिलिप नर्सरीबाट कोटेशन मार्फत बिरुवा खरिद नगरेको निहुँमा उक्त नर्सरीका संचालकले जिल्लाबासीको सहयोगमा विभिन्न झुठो आरोपहरु लगाई कार्यालयमा तोडफोडको घटना घटाएको प्रमुख दासको भनाई छ ।

साउन १ गते भएको घटनाको मुख्य योजनाकारको रुपमा सिरहा जिल्ला गोलबजार नगरपालिका वडा नम्बर - १० का वडा अध्यक्ष देब नारायण महतो , सोही नपा वडा नम्बर - ९ बस्ने लक्ष्मण यादव र सुनिल यादवको समेत संलग्नता रहेको प्रेस बिज्ञप्तिमा उल्लेख छ । घटना घटाएको दिन योजनाकार सहित अज्ञात समुहमा आएका करिब ३०, ४० जनाले फलफूलको बिरुवा खरिदको बिषयमा कार्यालयको कर्मचारीलाई सोधपुछ गरेको जनाईएको छ । कार्यालयका कर्मचारीहरुले निबे दिनुस घटनाले कार्यालयको झ्यालको सिसा , सुझाव पेटिका लगायतको भौतिक संरचनाको क्षतिहुनका साथै सुरक्षामा खटिएका सुरक्षाकर्मी लगायत ५ जना कार्यालयका कर्मचारीलाई कुटपिट गरी घाईते बनाईएको बिज्ञप्तीमा उल्लेख छ । यसरी सार्वजनिक कार्यालयमा दिनदहाडै अमानवीय तवरले घटना घटाउनु कानुनी अपराध भएकोले घटनामा संलग्न ब्यक्तिहरुको खोजतलास गरी सहि सत्य छानबिन गरी कानुनी कार्बाही अगाडी बढाउन सम्बन्धित सरोकारबालालाई कार्यालय प्रमुख दासले आग्रह गरेको छ । यता घटनामा संलग्न रहेको किटानीको आधारमा गोलबजार नगरपालिका वडा नम्बर - ९ का सुरेश सिंह र सोही ठाउँका सुरेश कुमार महतो दुईजनालाई नियन्त्रणमा लिई आबश्यक कार्बाही प्रक्रिया अगाडि बढाईएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१