Siraha Times
ताजा समाचार

मलखाद्य आपूर्तिमा सरकार उदासीन;श्रावण १५ गतेपछि मात्र मलखाद्य पाउँने

  • साउन ३, २०७८
  • ८५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिसुनदेव सरदार  लहान,श्रावण ३ आइतबार सिरहाको लहान अवस्थित कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय बाट वितरण हुदै आएको मलखाद्ध आर्थिक वर्ष ०७७÷०७८ को वार्षिक सालतमामी ( क्लोजिङ ) तथा भौतिक परिक्षण समेत गरेकाले र धान सिजनको टपडे्सिंगका लागि युरिया मल संकलन गरेपछि वितरण गर्ने कार्यालय प्रमुख दिपक पौड्यालले जानकारी गराएका छन। त्यसका लागि गत असार ३१ देखि श्रावण १५ गतेसम्मका लागि मलखाद्ध विक्री वितरण स्थगित गरिएको पौड्यालले बताए । 

साथै अन्य सेवाका कार्यक्रमहरु यथावत सञ्चालन हुनेगरी सुचना समेत प्रकाशित गरेका छन। मलखाद्य आपूर्तिमा तिनैतहका सरकार समेत उदासीन देखिएको हो । असारमा किसानले धान रोपिसकेपछि मल हाल्ने अनिवार्य देखिन्छ , तर कार्यालय प्रमुखको करामतका कारण किसानलाई मलखाद्धको सास्ती भएको देखिन्छ । आज कार्यालयको गेट(द्वार ) बाट १०० अौं जना फर्केको देखिएका थियौ । नेपाल कृषि प्रधान देश;कागजमै सीमित भन्न पनि सकिन्छ । अहिले हरेक निर्वाचित जनप्रतिनिधिहरु कृषिलाई आफ्ना प्राथमिकतामा राखेका हुन। तर फल स्वरुप होस विनाको जोश व्यर्थ भन्न सकिन्छ । नेपालमा अधिकांश व्यक्ति किसान भएकोमा किन मलखाद्ध आपूर्तिमा उदासीन । लक्ष्मीपुर पतारी गाउँपालिकाका किसान अशोक यादवले यस विषय प्रति सरोकारवाला निकायलाई ध्यानाकर्षण हुनुपर्ने बताएका छन।

यस अधि असारमा पौड्यालका अनुसार डिएपी खाद्य प्रति बोरा २२३८/- र युरिया प्रति बोरा ७८८/- स्थानीय सरकारको सिफारिसमा कृषि सहकारी संस्थाहरुलाई वितरण गरिएको बताए थिए । तर , उक्त दरमा सबैलाई नदिने पनि भनेका थिए। कार्यालय प्रमुख पौड्यालका अनुसार चालू असार मसान्त भित्र १ हजार बोरा डिएपी र १ हजार बोरा युरिया सिरहा जिल्लाका ठाउँठाउँमा सहकारीलाई वितरण गरिएको जानकारी गराएका थिए । अनुगमन गर्दागर्दैको क्रममा सिरहा छपराडीमा रहेको उन्नत कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष नथुनि साह २४००/- डिएपी र युरिया ९५० मा विक्री वितरण गरिरहेको बताएका थिए । नथुनि साह मात्रै होईन्न सम्पूर्णले त्यहीँ रेटमा बिक्री गरिएको साहले बताएका थिए ।

अर्को प्रसंग , अनुगमनकै क्रममा छपराडीकै एक पसले जस्ले २६००/- मा डिएपी मल बिक्री गरिरहेको समेत खुलासा भएका थिए। आखिर किन? दिनदहाडै सर्वसाधारणलाई ठग्दैँ थिए। कृषि सामग्रीका क. लि. लहानका प्रमुख दिपक पौड्याल किन मात्र सहकारीलाई दिने र आमलाई नदिने भन्ने चौतर्फी जनगुनासो भईरहेको छ।यो कालो बजारी हो , सर्वसाधारण सरकारी दरमा मल खाद्य उपलब्ध हुनुपर्ने स्थानीयहरुले मांग समेत गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१