ताजा समाचार

जनकपुर-जयनगर रेल्वे लिक परीक्षण गर्न भारतबाट ल्याइयो रेल

  • साउन ३, २०७८
  • ८४६ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम ।रेल सञ्चालनको पूर्वतयारीको लागि रेल्वे ट्रयाक स्पिड टेस्ट र सर्टिफिकेसन गर्ने भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ एक मात्र डब्बा र इन्जिनसहितको रेल जनकपुर आइपुगेको छ। 

जनकपुरको कुर्था स्टेसनमा भारतीय रेल जनकपुर आइपुगेको हो। यहाँबाट प्रतिघण्टा १२० किलोमिटरको गतिमा सो रेल्वे ट्रयाकको परीक्षण गर्नेछ। 

 जनकपुरबाट भारतको जयनगर प्रतिघण्टा १२० को गतिमा लिक परीक्षण गर्दै रेल फर्किने रेल्वे विभागका साइड इन्जिनियर विनोद ओझाले बताए। कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटर रेल्वे लिक निर्माण भएको छ।रेल्वे लिक परीक्षणको लागि नेपाल रेल्वे कम्पानीका महाप्रबन्धक गुरु भट्टराईसहितका कर्मचारी जनकपुर आएका छन्।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤