ताजा समाचार

कपिलवस्तुमा लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ 

  • साउन १, २०७८
  • ४४६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र चौधरी। / १ साउन कपिलवस्तु नगरपालिका वडा नं २ बर्दहवा स्थित सडकमा सवारी साधन तथा मानिसहरु चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तरतर्फ आईरेहेको ३ (तिन) जना चढेको UP 55 B 9436 नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा सो मोटरसाईकलमा सवार निम्न वतन भएका राकेश गुप्ता, निज राकेशकै श्रीमती प्रभावती गुप्ता, बैजु कुमार गुप्तालाई शंका लागी चेकजाँच गर्दा सोही मोटरसाईकलको पछाडी सवार निज राकेशको श्रीमती प्रभावती गुप्ताले आफ्नो ब्लाउजबाट कालो रङको प्लाष्टिकको पोका निकाली श्रीमानलाई दिन लागेको अवस्थामा प्रभावती गुप्ताको हातबाट कालो रङको प्लाष्टिकको पोका फेला पारी नियन्त्रणमा लिई तौल गर्दा २९ ग्राम ७९० मिलि ग्राम छाम्दा गिलो हेर्दा लागुऔषध ब्राउन सुगर जस्तो देखिने लागु पदार्थ, NITRAVET10 लेखेको १० ट्याव्लेट, Winspasmo forte लेखेको १२४ क्याप्सुल फेला पारी बरामद गरी निजहरु चढी आएको UP 55 B 9436 मोटरसाईकल र ३ जना मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको छ |

 

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤