श्रद्धाञ्जली कार्यक्रममा बिरुवा वितरण

  • साउन १, २०७८
  • १०३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान,श्रावण १शुक्रबार सिराहा जिल्लाको साविक चन्द्रायो ध्यापुर ५ हाल नरहा २ घर भएका तथा जिल्ला शिक्षा कार्यालय सिरहामा कार्यरत विनि रामलखन मण्डलको श्रीमती सीतादेवी मण्डलको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रदान्जली कार्यक्रममा आएका सम्पूर्णलाई बिरुवा वितरण गरिएको पारिवारिक स्रोतले जनाएको छ । गत अषाढ २१ गते विराटनगरमा निधन भएको सीतादेवी मण्डलको जातिय संस्कारअनुसार गरिएको शोक सभामा गोलबजार नगरपालिकाको मेयर लगायत जिल्लाका पत्रकार समाजसेवी तथा राजनैतिक कर्मीको उपस्थिती रहेको थियो । करिब दिउसो ३ बजेदेखि थालिएको कार्यक्रममा मृतक सीतादेवीको तस्बिर राखी सबैले समवेदना व्यक्त गरेका थिए । उक्त कार्यक्रममा भोजमा सहभागी भएका सबैलाई विभिन्न जातका बिरुवा वितरण गरिएको थियो । बिरुवाहरू अन्तर्गत मशाला , इपिलिपी, बकाइनो ,मलेसियन सखुवा लगायतको बिरुवाहरू वितरण गरिएको थियो ।

Open Photo

प्रतिक्रिया दिनुहोस

जनभावना बचत तथा ऋण स ...

लहान कात्तिक २१। जनभावना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धनगढीमाई नगरपालिका वडा नम्बर १ सिरहाद्वार ...

राष्ट्रिय राजनीति र ...

लहान, २१ कार्तिक । लामो समयसम्म कम्युनिष्ट धारभित्र रहेर राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाह ग ...

जसपा नेपाल छोडेका सब ...

काठमाडौं २१, कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१