Siraha Times
ताजा समाचार

कार्यालय प्रमुखका भन्छ मल खाद्य प्रयाप्त पाईन्छ;तर,अवस्था जस्ताको त्यसतै

  • असार ३०, २०७८
  • १७४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार,लहान,असार३० सिरहाको लहान अवस्थित कृषि सामाग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख दिपक पौड्यालले दिएको जानकारी अनुसार अहिले बजारमा मल खाद्य छ्याछयाप्ती पाईन्छ । तर,अहिलेको अवस्था हेर्दा जस्ताको त्यसतै देखिएको हो । पौड्यालका अनुसार अहिले डिएपी खाद्य प्रति बोरा २२३८/- र युरिया प्रति बोरा ७८८/- स्थानीय सरकारको सिफारिसमा कृषि सहकारी संस्थाहरुलाई वितरण गरिएको बताए । तर , उक्त दरमा सबैलाई नदिने पनि भनेका हुन। कार्यालय प्रमुख पौड्यालका अनुसार चालू असार मसान्त भित्र १ हजार बोरा डिएपी र १ हजार बोरा युरिया सिरहा जिल्लाका ठाउँठाउँमा सहकारीलाई वितरण गरिएको हो । तर,अनुगमन गर्दागर्दै सिरहा छपराडीमा रहेको उन्नत कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष नथुनि साह २४००/- डिएपी र युरिया ९५० मा विक्री वितरण गरिरहेको बताए । नथुनि साह मात्रै होईन्न सम्पूर्णले त्यहीँ रेटमा बिक्री गरिएको साहले बताए । अर्को प्रसंग , अनुगमनकै क्रममा छपराडीकै एक पसले जस्ले २६००/- मा डिएपी मल बिक्री गरिरहेको समेत खुलासा भएको छ। आखिर किन? दिनदहाडै सर्वसाधारणलाई ठग्दैँ । कृषि सामग्रीका क. लि. लहानका प्रमुख दिपक पौड्याल किन मात्र सहकारीलाई दिने र आमलाई नदिने भन्ने चौतर्फी जनगुनासो भईरहेको छ।यो कालो बजारी हो , सर्वसाधारण सरकारी दरमा मल खाद्य उपलब्ध हुनुपर्ने स्थानीयहरुले मांग समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१