Siraha Times
ताजा समाचार

प्रधानमन्त्री ओलीद्वारा राजीनामा घोषणा

  • असार २९, २०७८
  • १७०३ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा घोषणा गरेका छन् । मंगबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्चको परमादेशका कारण बिदा हुन लागेको बताएका छन् । उनले भने, "सर्वोच्च अदालतको परमादेशका कारण मैले बिदा हुनुपरेको छ ।

यसमा मेरो खासै चिन्ता छैन । मेरो चिन्ता लोकतान्त्रिक प्रणालीमा बढ्दो न्यायिक सक्रियाले देशलाई कहाँ पुर्याउँछ भन्नेमा छ ।" सर्वोच्च अदालतले सोमबार संसद् विघटनको निर्णय बदर गर्दै विपक्षी गठबन्धनमा प्रस्तावित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिका नाममा परमादेश जारी गरेको थियो ।

सर्वोच्चको परमादेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । देउवालाई मंगलबार साँझ शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१