Siraha Times
ताजा समाचार

लागू औषध सहितको भारतीय ट्रक नेपाल प्रहरीद्वारा पक्राउ, सशस्त्र प्रहरी बलले आफू पक्राउ गरेको दाबी गर्दै

  • असार २९, २०७८
  • ११९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,पर्सा, २८ असार । पर्सा प्रहरीले २४७ के.जी. लागुऔषध गाँजासहित मालबाहक भारतीय ट्रक नियन्त्रणमा लिन सफल भएको छ । नेपाल र भारतको सीमा नाका हुँदै बढ्दै गएको लागू औषध कारोबारको सूचना आए पश्चात् जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको निर्देशनमा भारतीय ट्रक सहित लागू औषध गाजा नियन्त्रणमा लिन सफल भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको निर्देशनमा सादा पोशाकमा खटिएको प्रहरी टोलिले भारतीय कन्टेनर ट्रकमा लूकाइ छिपाइ भारत लग्ने क्रममा पक्राउ गर्न सफल भएको पर्सा प्रहरीले जनाएको छ । पर्सा प्रहरीले जनाए अनुसार हेटौँडाबाट पर्सा हुँदै भारततर्फ लैजान लागेको भन्ने सूचना प्राप्त हुनसाथ २४ घन्टादेखी भएको निरन्तर निगरानी पश्चात् आज करीब १२ बजेको समयमा आइसिपी मुल गेट नजिकैबाट पक्राउ गर्न सफल भएको जनाएको छ । एचाअर५५एम २२०९ नम्बरको भारतीय ट्रकलाई रोक्नसाथ चालक फरार भएपनी लागू औषध गाजा र भारतीय ट्रकलाइ नियन्त्रणमा लिन सफल भएको पर्सा प्रहरीले जनाएको छ ।

२३ वटा पोकाभित्र २४७ के.जी. लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ भने भारतीय नम्बर कन्टेनर ट्रकको चालक र सवारीधनिलाइ खोजी कार्य तिब्र पारिएको पर्सा प्रहरीले जनाएको छ । यता नेपाल प्रहरीले लागू औषध गाजा सहित भारतीय ट्रक नियन्त्रणमा लिनसाथ सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणले आफ्नो टोलि नियन्त्रणमा लिएको हो भन्दै दाबी गरेका छन । २४ घन्टा देखि निगरानी गर्नुको साथै घटना स्थलमा समेत नेपाल प्रहरी खटी पक्राउ गरे पश्चात् सशस्त्र प्रहरीले आफ्नो टोलि बरामद गरेको बिषय आफैमा लाजस्पद रहेको प्रष्ट हुन्छ । आइसिपी हुँदै लागू औषधको कारोबार हुने गरेको यस घटनाले प्रष्ट पारेपनी सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका आफ्नो ढाक्छोप गर्न विभिन्न किसिमको प्रोपकान्ड फैलाउने कार्य गर्दै आएको बारे दुइमत नरहेको बिषय छताछुङ्ग भएको छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१