Siraha Times
ताजा समाचार

डिभिजन वन कार्यालय लहान आँप र लिच्चीको बिरुवा धमाधम वितरण गरिदैँ

  • असार २७, २०७८
  • १८९९ पटक पढिएको
  • रामएकवाल राम
alt

विसुन देव सरदारसिरहा असार२७ सिराहाको लहानमा अवस्थित डिभिजन वन कार्यालयले आजबाट आँप र लिच्चीको बोटबिरुवा धमाधाम नि:शुल्क वितरण गरिदैँ जानकारी प्राप्त भएको छ।

कार्यालयले गएको शुक्रबार १६ सय आँप र १ हजार लिच्चीको बिरुवा मगाएका थिए। शनिबार विदा भएकाले बिरुवा वितरण गरेन्न।आज आईतबार बिहान १० बजे देखि दिउँसो १ बजेसम्म बिरुवा वितरण गरिएको हो ।बिरुवा वितरणको काम भोलि पनि बिहान १० बजेदेखि राखिएको हो ।बिरुवा लिन जिझौल बोर्डरसम्मको धुइँचो देखिएका थिए। वितरण हुने बिरुवाहरुमा मालद , कलकतिया , अम्रपाली , किसुनभोग , साथै लिच्चीको बरुवा वितरण गरिएको हो ।

आज ४९० जनालाई प्रति व्यक्ति २ अोटा बिरुवा आँप र २ ओटा लिच्ची वितरण गरिएको डिभिजन वन कार्यालय सिरहा लहानका प्रमुख शुभाष चन्द्र दासले बताए ।प्रमुख दासका अनुसार वातावरण स्वच्छ र सुरक्षित बनाउन साथै रुख बिरुवा मानव जीवनका लागि अपरिहार्य रहेकाले बिरुवा वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१