Siraha Times
ताजा समाचार

जिराभवानी गाउँपालिकाकाे ८ औं गाउँ सभा सम्पन्न

३४ करोड ७१ लाखको बजेट बिनियोजन

  • असार २५, २०७८
  • ९७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मेघराज राय जिराभवानी असार २५/ पर्साकाे जिराभवानी गाउँपालिकाकाे आठौ गाउँ सभा शुक्रबार सम्पन्न भएकाे छ । वडा नं ३ स्थित बितो महतो जनता माबि जितपुर नौकाटोलाको भवनमा भएको सभा आर्थिक बर्ष २०७८/०७९ को निति, कार्यक्रम तथा बजेट पारित गरि सम्पन्न भएकाे हाे । गाउँपालिका अध्यक्ष रामपृत महताेकाे अध्यक्षतामा भएकाे गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष उषा देबी थरुइनीले पालिकाकाे कुल बजेट ३४ कराेड ७१ लाख बराबरकाे निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन । जसमा आय तर्फ संघ सरकारकाे समानिकरण अनुदान ९ कराेड ८८ लाख, राजश्व बाँडफाड ६ कराेड ३६ लाख, सर्शत अनुदान ११ कराेड ९३ लाख, बिशेष अनुदान एक कराेड २५ लाख, सम्पुरक अनुदान ८३ लाख लगायत प्रदेश सरकारकाे विभिन्न अनुदान एक कराेड ३६ लाख रहेकाे छ ।

उपाध्यक्ष थरुइनीले पंजुगत खर्च अनुमानित ८ कराेड, चालु खर्च तर्फ साढे ५ कराेड, शिक्षा तर्फ डेढ कराेड, कृषी तर्फ ५० लाख, स्वास्थ्य तर्फ ५० लाख लगायतकाे अन्य शिर्षकमा विनियाेजित बजेट समेत प्रस्तुत गरेकी थिइन । गाउँपालिकाले शिक्षा, स्वास्थ्य तथा कृषिलाई प्राथमिकता दिएर बजेट तयार गरेकाे जनाएकाे छ। गाउँपालिका परम्परागत खेतीलाई बिस्थापित गरी कृषिमा आधुनिकिकरण गरी कृषि उत्पादन बढाउने लक्ष्य लिएकाे प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए । यसका साथै उनन्त जातका बिऊ बिजन उत्पादन तथा कोल्ड स्टोरको ब्यवस्थापनमा पालिकाले जोड दिने योजना बनाएकाे उनले वताए । भूमिगत सिचाई भन्दा बिनास हुँदै गएका सिचाईका मुहानको संरक्षण गरी प्रयोगमा ल्याइने गाउँपालिकाले जनाएकाे छ । कुलत तथा बिकृतिमा लागेका यूवा शक्तिलाई पेशागत तालिम प्रदान गरी सामाजिक बिकासमा ल्याउने कार्यक्रममा पनि जोड दिएकाे छ । पालिका क्षेत्रमा रहेका खोलाबाट बैज्ञानिक मापदण्ड अपनाउदै नदिजन्य पदार्थ उत्खनन गरिने जनाईएकाे छ।गाउँ सभामा वडाध्यक्ष शेख नुमान आजम, महादेव महताे थारु, उमेश सिंह, सुबाष राउत थारु, दारा सिंह, गाउँ कार्यपालिका सदस्य, गाउँ सभा सदस्य लगायत गाउँपालिकाका कर्मचारीहरुकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१