ताजा समाचार

राष्ट्रियसभाको बैठक आज पनि बस्दै

  • असार २३, २०७८
  • ५९० पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं ।संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ ।

बैठक दिउँसो १ बजे बस्ने तय गरिएको छ । आठौँ अधिवेशनको चौथो बैठक बस्न लागेको हो । संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । सभामा केही प्रतिवेदनहरु पेस गरिनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन, २०७६÷०७७ पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रियसभाको आठौँ अधिवेशन यही असार १७ गतेदेखि जारी छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤