ताजा समाचार

सिरहामा हरवा चरवा परिवारलाई राहत स्वरुप खाधान्न वितरण

  • असार २२, २०७८
  • १०३३ पटक पढिएको
  • संजय महरा
alt

सिरहा ÷ २२ गते असाढ ,
 द फ्रीडम फण्डको आर्थिक सहयोगमा दलित विकास मञ्च सिरहाले दोश्रो कोरोनाको महामारीको समय  सिरहा जिल्लामा चरवा चरवा परिवारलाई राहत वितरण सम्पन्न गरेको हो । विश्वमा नै महामारीको कारणले जनजिवन अस्तव्यस्त भईरहेको समयमा न्यून आय स्तर भएको समुदायवढी प्रभावीत रहेको छ । नेपालमा दोश्रो कोरोना महामारीबाट हरवा चरवा समुदायपनि बढी प्रभावित रहेको छ । सिरहा जिल्लाको तिनवटा नगरपालिकामा कार्यक्षेत्र रहेको दलित विकास मञ्च सिरहाले विगत वर्षदेखी हरवा चरवा शसक्तिकरण अभियान कार्यक्रम संचालन गर्दै आईरहेको छ । हरवा चरवा समुदाय लकडाउनमा दैनीकी मजदुरी गर्नबाट बंचित रहेको तथा रोजगारी गुमाएकोलाई राहतमा खाधान्न वितरण गरिएको हो । दलित विकास मञ्च सिरहाले लहान नगरपालिका, सुखीपुर नगरपालिाका र धनगढी माई नगरपालिकामा गठीत हरवा चरवा समुह तथा बचत तथा ऋण समुह निमाणर््ा गरि हरवा चरवा समुदायको अधिकारका लागि संगठित गर्दै आत्मनिर्भर बनाउनका लागि बचत तथा ऋण समुहमार्फत अभियानमा निरन्तर कार्य गर्दै आईरहेको दलित विकास मञ्च सिरहाका कार्यक्रम संयोजक रविन महराले बताएका छन । कार्यक्रम संयोजक रविन महराका अनुसार लहान नगरपालिकाको वडा नम्बर ११, १२,१३, १४ र २२ सुखिपुर नगरपालिकाको वडा नम्बर ७,र १० तथा धनगढीमाई नगरपालिकाको वडा नम्बर १र२ मा संस्थाद्धारा गठीत बचत तथा ऋण समुहका ३ सय ८७ घर परपरिवारलाई खाधान्न स्वरुप चामल २५ के.जि. दाल १ के.जि. तेल  १ लिटर. नून २ के.जि. सावुन २ वटा र माक्स   प्रतिपरिवारलाई वितरण गरिएको बताउनुभयो । सिरहा जिल्लामा १८ हजार १ सय ७९ घर परिवार हरवा चरवाको तथ्याङ्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤