ताजा समाचार

काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी

  • असार २०, २०७८
  • ५८१ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं ।कोभिड–१९ संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ ।

त्यसका लागि छलफल गर्न आइतबार दिउँसो ३ बजे काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरु को संयुक्त बैठक बस्दैछ ।

‘आज ३ बजे हामी बैठक बस्दै छौं, निषेधाज्ञा थप्नेबारे छलफल हुनेछ, सार्वजनिक यातायात खुलाउने भन्नेबारे स्वास्थ्य मन्त्रालयबाट प्राप्त सुझावमाथि छलफल हुनेछ अनि एउटा निष्कर्षमा पुग्छौं’ भक्तपुर सीडीओ प्रेमप्रसाद भट्टराईले भने ।

जारी निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिँदै छ।

भट्टराईका अनुसार थप क्षेत्र खुला गर्ने विषयमा पनि विज्ञहरूसँग सरसल्लाह भइरहेको छ। २५ सिटभन्दा कम क्षमताका सार्वजनिक यातायात र लामो दूरीको यातायात खुलाउनेबारे सीडीओहरुले छलफल गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤