Siraha Times
ताजा समाचार

कपिलवस्तु जिल्ला प्रहरी कार्यालय प्रमूख प्रहरी उपरीक्षकज्यूको १ वर्षे कार्यकालको समापन( साथै प्र उ ज्यूको धन्यवाद सन्देश )

  • असार १४, २०७८
  • १४९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र चौधरी  असार १४ /सर्वप्रथम जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको १ बर्ष कार्यालय प्रमुख रहँदाको अवधिभर आवश्यक सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूमा म कृतज्ञ छु । कपिलवस्तु जिल्लामा प्रहरी प्रशासनको प्रमूखको रुपमा जिम्मेवारी निर्वाह गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु टिमले कार्यसम्पादन निष्पक्ष, पारदर्शी, सेवामुखि, जनताकेन्द्रित र सार्वजनिक हितमा गर्ने प्रयास गरेका छौँ र त्यसको मुल्याङकन कपिलवस्तु जिल्लावासीले आगामी दिनमा गर्नुहुने नै छ ।

जिल्लामा रहँदा विशेषगरी अपराघको छिटो र सफल अनुसन्धान, घटनाको Quick response, भन्सार चोरी तस्करी नियन्त्रण, विद्यालय स्तरमा पाठ्यक्रम तयार गरी समुदाय-प्रहरी साझेदारी अवधारणालाई मूर्तरुप, नागरिक केन्द्रित प्रहरी सेवा र सामाजिक सहिष्णुता लगायतका विषयमा केन्द्रित रहि काम गर्ने कोशिस गरीयो र त्यो कोशिसमा हामीलाई जिल्लाका सम्पूर्ण महानुभावहरूबाट निस्वार्थ साथ,सहयोग र सहकार्य प्राप्त भएको थियो जसले हामीलाई वितेका एक वर्षमा कपिलवस्तुमा शान्तिसुरक्षा, अमनचयन र सद्बाव कायम गर्नमा थप प्रेरणा र उर्जा प्रदान गर्यो त्यो निस्वार्थ सहयोगका लागि हामी सदैव कपिलवस्तुवासीहरूप्रति ऋणी छौँ । विश्वभर फैलिएको कोभिड-१९ लाई नियन्त्रण गर्न कपिलवस्तु प्रहरीले आफ्नो स्वास्थ्य र ज्यान जोखिममा राखी निषेधाज्ञा पालना गराउन चालेका कदमहरुप्रति हामी आभारी छौँ साथै आ-आफ्नो स्थानबाट अक्सिजन सिलिण्डर उपलव्ध गराउनुहुने सम्पूर्णमा म विशेष धन्यवाद दिन चाहन्छु ।

Open Photo

कोभिडको विचमा जिल्लामै पहिलोपटक समुदाय- प्रहरी साझेदारी अन्तरगत जनचेतनामुलक पाठ्यपुस्तक तयार गरी जिल्लाका सम्पुर्ण शैक्षिक संस्थाहरूमा हस्तान्तरण गरेका थियौँ । सो अभियान सफल पार्न आ-आफ्नो स्थानबाट भूमिका खेल्नुहुने सम्पूर्णमा म र जिल्ला प्रहरी कार्यालय आभारी छौँ । अन्त्यमा यो एक वर्ष अनवरत रुपमा सहयोग, मार्गदर्शन गर्नुहुने श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू, जिल्ला स्थित सुरक्षा निकाय प्रमुखज्यूहरु, राजनितीक दल तथा जनप्रतिनिधीज्यूहरु, पत्रकार महासंघ कपिलवस्तु, जिल्ला स्थित विभिन्न सरकारी, गैरसरकारी कार्यालय, माहुरी होम नेपाल, नागरीक समाज, साथी संस्था,सञ्चारकर्मी मित्रहरू र कपिलवस्तुबासी आमाबुबा दाजु भाई लगायत आमनागरीक तथा अन्य सम्पूर्णमा हृदयदैखिनै अभार प्रकट गर्दै उत्तरोत्तर प्रगती एंव उन्नतीको कामना गर्दछु साथै मलाई सम्मान साथ नागरिक अभिनन्दन गर्नुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१