ताजा समाचार

सबै जिल्लामा अक्सिजन बैंक स्थापना गरिने

  • असार १३, २०७८
  • ६३७ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं ।सरकारले केन्द्रदेखि जिल्लाका सबै स्वास्थ्य केन्द्रहरुमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना तथा सञ्चालन कार्यविधि २०७८ मा केन्द्रदेखि जिल्ला स्वास्थ्य कार्यालयसम्म अक्सिजन संचय गरिने उल्लेख छ ।कार्यविधिअनुसार अक्सिजनको व्यवस्थापन तथा वितरण सहज गर्न संघमा स्वास्थ्य सेवा विभाग, प्रदेशमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र जिल्लामा स्वास्थ्य कार्यालयको स्टोरमा अक्सिजन बैंक स्थापना गरिने छ ।

यसरी स्थापना गरिने अक्स्जिन बैंकमा एकजना स्टोर किपर वा सम्पर्क व्यक्ति राखिनेछ, जसलाई अक्सिजन संकलन, भण्डारण, वितरण, तथा तिनको अभिलेखको जिम्मेवारी दिइनेछ ।जिल्लास्थित हरेक अक्सिजन कन्सन्ट्रेटर बैंकमा सो जिल्लामा रहेका अस्पताल शैयाको २० प्रतिशत कन्सन्ट्रेटरहरु बफर स्टकको रुपमा राख्नुपर्नेछ ।

संघ र प्रदेशको समन्वयमा एक अक्सिजन कन्सन्ट्रेटर अर्को जिल्लाको बैंकमा लैजान सक्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤