एक सताभित्रै सिरहाको ५ पालिकाले बजेट सार्वजनिक गर्दैै, १२ पालिकाको बजेट सार्वजनिक

  • असार १२, २०७८
  • १६८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता । नवसंग्राम दैनिक । रेडियो सौगात .. लहान, १२ असार । सिरहा जिल्लाको पाँच पालिकाले तोकेको समय भन्दा ढिलो गाउँसभा गर्न तयारीमा जुटेको छ । योसँगै १२ पालिकाले समयमै गाउँसभा गरेको जानकारीमा आएको छ । असार १० गते तोकिएपनि दूई ढिलो भएपनि लक्ष्मीपुर पतारीले असार १३ गते गाउँसभाको तयारी गरेको अध्यक्ष रामबल्भ साहले बताए । यता, कल्याणपुर नगरपालिकासहित औरही गाउँपालिका, नरहा गाउँपालिका र बिष्णुपुर गाउँपालिकाले एक सताभित्रै गाउँसभा सम्पन्न गर्ने तयारीमा जुटेका छन् । सिरहाका १७ स्थानीय तहमध्ये १२ वटा स्थानीय तहले गाउँ तथा नगरसभा मार्फत निती तथा बजेट पारित गरेका छन् ।

No description available.

असार १० गतेभित्र नगर तथा गाउँसभा मार्फत नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण सिरहाको लहान, धनगढीमाई, गोलबजार, कर्जन्हा, सिरहा नगरपालिका र अर्नमा, नवराजपुर, बरियारपट्टी, सखुवानन्कारकट्टी, भगवानपुर गाउँपालिकाले एकै दिन नगर तथा गाउँसभा मार्फत आर्थिक बर्ष ०७८÷०७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेका छन् । लहान नगरपालिका नगरसभामा व्यापक विरोध तथा परिषद सदस्य खरिदविक्री गरी कार्यक्रम गरेको छ । बजेट पारित गरेका अधिकांश स्थानीय तहहरुले पुरानै योजनाहरुलाई निरन्तरता दिदैं सडक, पुर्वाधार, कृषि, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रलाई प्राथमिकता दिएका छन् ।

No description available.

सिरहाको गोलबजार नगरपालिकाले ८१ करोड ५ लाख ७५ हजार बराबरको बजेट पारित गरेको छ । सो नगरपालिकाले चालुतर्फ ४१ करोड २२ लाख ८८ हजार र पुँजीगततर्फ ३९ करोड ८१ लाख ७८ हजार बजेट बिनियोजन गरेको छ । सिरहाकै सुखीपुर नगरपालिकाले ४९ करोड ३३ लाख ६५ हजारको बजेट पारित गरेको नगरपालिकाका मेयर रामऔतार यादवले जानकारी दिएका छन् । त्यसैगरी, नवराजपुर गाउँपालिकाले ३४ करोड ३७ लाख २ हजारको बजेट सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष विश्वमोहन यादवले जनाएको छ ।

No description available.

धनगढीमाई नगरपालीकाले आगामी आर्थिक वर्षको लागि ८१ करोड, २२ लाख, ९१ हजार, ७४ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । यसैगरी बरियारपट्टी गाउँपालिकाको पाचौ गाउँसभाले आर्थिक बर्ष ७८÷७९ को लागि ५४ करोड १० लाख १९ हजारको बजेट सार्वजनिक गरेको छ । त्यस्तै सिरहाको मिर्चैया नगरपालिकाले ६८ करोड ४९ लाख ११ हजारको नीति, कार्यक्रम तथा बजेट पारित गरेको नगरप्रमुख श्रवण कुमार यादवले बताए । मिर्चैया र सुखिपुर नगरपालीकाले ९ गते नै नगरसभा सम्पनन गरेको थियो ।

Open Photo

No description available.

 

प्रतिक्रिया दिनुहोस

बारागढी गापामा नेशनल ...

बीरगंज २४ साउन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाक ...

जिल्ला समन्वय समिति ...

लहान साउन २३ । जिल्ला समन्वय समिति महासंघ मधेस प्रदेश अन्तर्गतका आठ वटै जिल्लाका जिल्ला समन्वय प्रमु ...

भोजपुरी टाइम्सले आफ् ...

वीरगंज २३ साउन । वीरगंजबाट प्रकाशित हुने भोजपुरी टाइम्स दैनिक पत्रिकाले आफ्नो १२ औं वार्षिकोत्सव शुक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१