ताजा समाचार

भारतले आयोजना तय गरेको टी- ट्वान्टी क्रिकेट विश्वकप कोभिडका -१९ कारण यूएईमा हुने

  • असार १२, २०७८
  • ६१८ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं,। टी ट्वान्टी क्रिकेट विश्वकप प्रतियोगिता आगामी अक्टोबर र नोभेम्बर महिनामा हुने भएको छ । प्रतियोगिताका सबै खेल यूएईमा हुने भएको छ । टी ट्वान्टी क्रिकेट विश्वकप भारतले आयोजना गर्ने तय भएको थियो । तर कोरोनाभाइरस सङ्क्रमणले भारतबाट प्रतियोगिता स्थल परिवर्तन गरिएको छ । अब भने अक्टोबर १७ देखि यूएईमा हुने तय भएको इएसपीएन क्रिकइन्फोले जनाएको छ ।
इन्डियन प्रिमियर लिग(आईपीएल)को फाइनल खेल भएको भोलिपल्ट अक्टोबर १७ मा विश्वकपको उद्घाटन हुनेछ । फाइनल खेल नोभेम्बर १४ मा खेलाइनेछ । १६ राष्ट्र सम्मिलित टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको सुपर १२ का खेलहरु यूएई, दुबई र अबुधाबीमा हुने बुझिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिललाई प्रतियोगिता सार्न ब्योहोराको पत्र अझै आधिकारिक रुपमा पठाएको छैन्। 
गत् मई महिनामा बीचमै रोकिएको आईपीएलको बाँकी खेलहरु भने सेप्टेम्बर १९ देखि यूएईमा नै हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤