भारतले आयोजना तय गरेको टी- ट्वान्टी क्रिकेट विश्वकप कोभिडका -१९ कारण यूएईमा हुने

  • असार १२, २०७८
  • ५२१ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं,। टी ट्वान्टी क्रिकेट विश्वकप प्रतियोगिता आगामी अक्टोबर र नोभेम्बर महिनामा हुने भएको छ । प्रतियोगिताका सबै खेल यूएईमा हुने भएको छ । टी ट्वान्टी क्रिकेट विश्वकप भारतले आयोजना गर्ने तय भएको थियो । तर कोरोनाभाइरस सङ्क्रमणले भारतबाट प्रतियोगिता स्थल परिवर्तन गरिएको छ । अब भने अक्टोबर १७ देखि यूएईमा हुने तय भएको इएसपीएन क्रिकइन्फोले जनाएको छ ।
इन्डियन प्रिमियर लिग(आईपीएल)को फाइनल खेल भएको भोलिपल्ट अक्टोबर १७ मा विश्वकपको उद्घाटन हुनेछ । फाइनल खेल नोभेम्बर १४ मा खेलाइनेछ । १६ राष्ट्र सम्मिलित टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको सुपर १२ का खेलहरु यूएई, दुबई र अबुधाबीमा हुने बुझिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिललाई प्रतियोगिता सार्न ब्योहोराको पत्र अझै आधिकारिक रुपमा पठाएको छैन्। 
गत् मई महिनामा बीचमै रोकिएको आईपीएलको बाँकी खेलहरु भने सेप्टेम्बर १९ देखि यूएईमा नै हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१