Siraha Times
ताजा समाचार

सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै

  • असार १०, २०७८
  • ९२७ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं ।पालिकाले आज आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा प्रस्तुत गर्दैछन । ७ सय ५३ पालिकामध्ये कतिपयले यसअघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् । केहीले अहिलेसम्म पूर्ण तयारी गर्न सकेका छैनन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आउँदो वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । पालिकाले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सबै पालिकालाई आउँदो वर्षको नीति, कार्यक्रम र बजेट असार १० गतेभित्र पेस गर्न आग्रह गरिसकेको छ । सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र पालिकाले असार १० गतेभित्र नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी प्रावधान छ ।

संघ र प्रदेश सरकारले पालिकालाई समानीकरण अनुदान, समपुरक, राजस्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराएका छन् ।आउँदो वर्षको बजेटमा पालिकाले कोरोना महामारी नियन्त्रणसँगै यस अगाडिका अधुरा योजना कार्यान्वयन गर्ने नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएका छन् । यो बजेट पालिकामा निर्वाचित जनप्रतिनिधिको अन्तिम वर्षको बजेट पनि हो ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१