Siraha Times
ताजा समाचार

बिओपी मर्यादपुर द्धारा भारी मात्र अवैद्य औषधी नियन्त्रणमा

  • असार २, २०७८
  • ९०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलबस्तु , २ असार कपिलबस्तुको नेपाल भारत सीमा स्थित रहेको बिओपी मर्यादपुरले भारी परिमाणमा अवैद्य औषधी पक्राउ गरेको छ । बिओपी मर्यादपुरबाट खटेको सशस्त्र प्रहरीको टोलीले यशोधरा गाँउपालिका ५ को ननवा स्थित खेतबाट बोरामा करिब ४ लाख ७५ हजार बराबरको भन्सार छलेर ल्याउदै गरेको अवैध औषधी बरामद गरेको हो । सशस्त्र प्रहरीका बिओपी मर्यादपुरका ईन्चार्ज एवम् प्रहरी निरिक्षक शंकर सिंह सिखको कमाण्डमा गएको ७ जनाको मोबाइल टोलीले भारतबाट अवैद्य रुपमा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी निरिक्षक सिंहका अनुसार, प्रहरी टोलीलाई देख्ने वित्तिकै भन्सार छली गरी ल्याउँदै गरेको औषधी छाडेर व्यक्ति भागेको थियो । बरामद गरिएको औषधीहरु कारवाहीको लागि सुठौली भन्सार कार्यालय पठाइएको उहाले बताएका छन् । कोरोना कालमा लकडाउनको मौका छोपी त्यहाँको विभिन्न नाकाबाट तस्करी भइरहेको खबर थाहा पाएपछि बिओपी मर्यादपुरले अवैध रुपमा भन्सार छली ओसारपसार नियन्त्रणका लागी थप कडाई गरे संगै पछिल्लो समयमा सिमा क्षेत्रमा बिभिन्न सामानहरु बरामद हुने क्रम बढेको छ ।

Open Photo

प्रतिक्रिया दिनुहोस

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१