Siraha Times
ताजा समाचार

चुरे दोहोन बचाउन जिल्ला समन्वय समितिको कडा निर्णय उप - प्रमुख यादव

दोहन रोकिएन भने देशमा ठुलो संकट आउन सक्छ एमाले नेता यादव

  • जेठ ३१, २०७८
  • ८६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह महतो सिरहा ३१ जेष्ठ - असार मसान्त लाग्न थालेपछि मापदण्ड भन्दा बढी नदीजन्य पदार्थको दोहन हुन् लाग्दा जिल्ला समन्वय समिति सिरहाको उप- प्रमुख सरोज यादवले आपती जनाएका छन् । यादव नेकपा एमालेको नेता समेत रहनु हो । असार नजिकिएसँगै सिरहा सप्तरी धनुषा लगायत देश भरी नदीजन्य पर्दाथको दोहन बढ्दै गएको छ । समस्या पकै नयाँ होइन तर, नियामक निकाय चिरनिद्रामा छन्। नदीजन्य पदार्थको दोहनको नियमन गर्ने स्थानीय सरकार, प्रहरी र प्रशासन जानकार नभएका होइनन् । उनीहरूकै मौन स्वीकृतीमा नदीजन्य पदार्थको दोहन भइरहेको छ् । स्थानीय सरकार खोलामा ठेक्का दिन्छन्, अनुगमन गर्दैनन् । बरु प्रहरी प्रशासनले रोकेन भनेर प्रतिक्रिया दिन्छन् ।

जिल्लाकै समग्र अनुगमन गर्ने जिल्ला समन्वय समितिले अवैध दोहन देख्दन, न सक्दा अनु गमनका प्रक्रिया अगाडि बढाएका छन् । सिरहाको दोहन हुने क्षेत्रमा प्रहरी प्रशासन अनुगमन नगएका होइनन् । तर,उनीहरू पनि दोहन रोक्न मिडियामा समाचारको प्रतीक्षा गर्छन् । नियमानुसार खोलाबाट पाँच सय मिटरनजिक उत्खनन गरिएका सामग्री स्टोर गर्न पाइँदैन। त्योबाहेक ठूलो मेसिन र टिपरहरूको प्रयोगमा ढुंगा, गिटी र बालुवा उत्खनन गर्न बन्देज लगाइएको छ । तर, असार १ बाट नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने भएकाले धमाधम खोलाबाट सामग्री ढुवानीमा गर्न लाग्दा जिल्ला समन्वय समिति सिरहाले कडा रुपमा दोहन रोक्न प्रस्तुत भएका छन् । दोहन न रोकिए पछी देशमा ठुलो संकट खेपनु उप प्रमुख यादवले बताए।

विकासको नाममा हुने विनाशको चपेटामा निहत्था नागरिक परिरहेका छन् । सिरहाको नदि,खोलामा नदीजन्य पदार्थको उत्खननमा निर्माण व्यावसायीले गरेको चरम लापरबाहीको चौतर्फी विरोध भइरहेको छ । यति बेला खोलाहरूमा पनि नदीजन्य पदार्थको दोहन दैनिक बढ्दै गइरहेकोले जिल्ला समन्वय समिति सिरहाले आपत्ति जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रबिण कणेलका अनुसार स्थानीय तहहरुले नै ठेक्कापटा लगाउनु हुन्छ। हामीले हामीले सुचनाको आधारमा रोक्ने गरेका छौं र उनीहरु कर असुलीमा लागेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख हिरा बहादुर पाणडेका अनुसार मैले सिरहा आए लगत्तै यस्तो क्रियाकलापमा रोकलगाएको छु। उलंघन गर्ने ५ ट्रयाकटर ,टिपर र जेसिबी नियन्त्रणमा लिएका छौँ।प्रहरी,प्रशासनलाई मात्र दोष दिएर स्थानीय तह उम्कन नहुने बताइन्। उनले ठेक्का,र अनुगमन गर्ने, सदुपयोग र दुरुपयोग गर्ने जिम्मा स्थानीय तहकै भएकाले आवश्यक परे प्रहरी प्रशासनलाई खबर गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१