ताजा समाचार

सिरहाको बरियारपट्टीमा करेन्ट लागेर भैंसीको मृत्यु

सिरहामा विद्युत प्राधिकरणको लापरबाहीले पशु चौपायाको करेन्ट लागेर मृत्यु

  • जेठ २७, २०७८
  • १८९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह महतो सिरहा लहान- २७ जेष्ठ - सिरहाको बरियारपट्टी गाउँ पालिका १ कच्नारीमा करेन्ट लागेर भैँसीको मृत्यु भएको छ। विद्युत प्राधिकरणको लापरबाहीको कारणले पशु चौपायाको मृत्यु भएको हो। कृषि प्रयोजनको लागी जडान गरीएको विद्युतको तारमा करेन्ट लागेर घटना स्थलमै भैंसीको ज्यान गएको हो । स्थानीय उतिम लाल यादवले घरबाट भैंसी चराउन खेतीतिर लग्दा कृषि प्रयोजनको लागि गरीएको विद्युतीकरणबाट करेन्ट लागेका थिए।

करिब एक लाख मुल्य बराबरको भैंसीको मृत्यु हुँदा किसान उतिम लाल यादव आर्थिक शोकमा डुबेका छन्।भैंसीको करेन्ट प्रावाह हुँदा घटना स्थलमै मृत्यु भएको छ।भैंसीको ज्यान जादा पीडित यादवको घरमा रुवा बासि भएको छ । विद्युतको तार लुज भएकै कारणले करेन्ट लागेको हो। किसानको जिबन खेती पातिमै बितने गरेको छ। घर परिवार चलाउन खेती र पशुपालन गर्ने गरेको स्थानीय पत्रकार मुकेश कुमार यादवले जानकारी दिनु भयो । भैंसीको मुल्य बराबरको आर्थिक सहयोगको अपेक्षा विद्युत प्राधिकरण संग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤