Siraha Times
ताजा समाचार

मन्त्रिपरिषद् विस्तार, बेलुका सपथ : को-को भए नयाँ मन्त्रीहरू ?

  • जेठ २७, २०७८
  • ८६६ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। बिहीबार नै मन्त्रीहरूले शपथ गराउने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

एमाले नेता विष्णु रिजालका अनुसार सात मन्त्री र एक राज्यमन्त्री थपिँदैछन्। उनका अनुसार नयाँ थपिने मन्त्रीहरुले आज दिउँसो ४ बजे शपथ लिनेछन्।

नयाँ थपिएका मन्त्रीहरुमा गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा (वादल पत्नी), वनमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह,  उद्योगमा राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडी, रक्षामन्त्रालय प्रधानमन्त्री आफैँ, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेका छन्।

गत शुक्रबार प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका थिए।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१