Siraha Times
ताजा समाचार

जसपा (उपेन्द्र) र नेपाली कांग्रेसबीच प्रदेश २ मा सत्ता सम्झौता

  • जेठ २६, २०७८
  • ९०० पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम- प्रदेश २ मा नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुने भएका छन्।  मुख्यमन्त्री कार्यालयको उच्च स्रोतका अनुसार केहीबेरमा शपथ गराउने तयारी भइरहेको छ।

स्रोतका अनुसार नेपाली कांग्रेसबाट तीनजना र माओवादी केन्द्रबाट दुईजना मन्त्रीसहित मन्त्रिमण्डल विस्तार गर्न लागिएको हो।कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव नेतृत्वमा तीन र माओवादीबाट संसदीय दलका नेता भरत साहको नेतृत्वमा दुई नेता सरकारमा सहभागी हुनेछन्।

यादवले भौतिक योजना मन्त्रालय पाउने सम्भावना छ। जनता समाजवादी पार्टी (जसपा) को ठाकुर-महतो पक्षका भौतिक योजना मन्त्री जितेन्द्र सोनललाई मुख्यमन्त्रीले हटाएपछि मन्त्रालय खाली छ।

बाँकी मन्त्रीलाई कुन मन्त्रालय दिने भन्ने तय हुन बाँकी रहेको छ। मुख्यमन्त्री कार्यालयमा अहिले मन्त्रालय भागबन्डाको विषयमा छलफल भइराखेको छ।केही मन्त्रालय फुटाउने सहमति भएपनि कुन मन्त्रालय फुटाउने भन्ने टुंगो लागेको छैन।

प्रतिक्रिया दिनुहोस

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१