जसपा (उपेन्द्र) र नेपाली कांग्रेसबीच प्रदेश २ मा सत्ता सम्झौता

  • जेठ २६, २०७८
  • ७८३ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम- प्रदेश २ मा नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुने भएका छन्।  मुख्यमन्त्री कार्यालयको उच्च स्रोतका अनुसार केहीबेरमा शपथ गराउने तयारी भइरहेको छ।

स्रोतका अनुसार नेपाली कांग्रेसबाट तीनजना र माओवादी केन्द्रबाट दुईजना मन्त्रीसहित मन्त्रिमण्डल विस्तार गर्न लागिएको हो।कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव नेतृत्वमा तीन र माओवादीबाट संसदीय दलका नेता भरत साहको नेतृत्वमा दुई नेता सरकारमा सहभागी हुनेछन्।

यादवले भौतिक योजना मन्त्रालय पाउने सम्भावना छ। जनता समाजवादी पार्टी (जसपा) को ठाकुर-महतो पक्षका भौतिक योजना मन्त्री जितेन्द्र सोनललाई मुख्यमन्त्रीले हटाएपछि मन्त्रालय खाली छ।

बाँकी मन्त्रीलाई कुन मन्त्रालय दिने भन्ने तय हुन बाँकी रहेको छ। मुख्यमन्त्री कार्यालयमा अहिले मन्त्रालय भागबन्डाको विषयमा छलफल भइराखेको छ।केही मन्त्रालय फुटाउने सहमति भएपनि कुन मन्त्रालय फुटाउने भन्ने टुंगो लागेको छैन।

प्रतिक्रिया दिनुहोस

सप्तरीको सुरूंगामा ब ...

रासिन्द्र यादव लहान साउन २६। बालबालिका केन्द्रित सार्वजनिक सेवाको गुणस्तर विषयक बालकचहरी कार्यक्रम स ...

बारागढी गापामा नेशनल ...

बीरगंज २४ साउन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाक ...

जिल्ला समन्वय समिति ...

लहान साउन २३ । जिल्ला समन्वय समिति महासंघ मधेस प्रदेश अन्तर्गतका आठ वटै जिल्लाका जिल्ला समन्वय प्रमु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१