३० लाख ७६ हजार रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

  • जेठ २६, २०७८
  • ९८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रौतहटबाट प्रहरीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार बिहान रौतहटको रामपुरखाप स्थित नेपाल भारत सीमामा भारतबाट नेपाल आएको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले रकमसहित उनीहरुलाई पक्राउ गरेको हो । रकमसहित भारत मोतिहारी घोडासहन बस्ने अन्दाजी वर्ष २२ का बन्टिकुमार कलवार र सोही ठाउँमा बस्ने वर्ष २० का सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्दी बिक्रम शाहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

नेपाल रेडक्रस सोसाइट ...

लहान, पुष १३ । “सेवा नै धर्म हो” भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको ...

नेशनल मेडिकल कलेज र ...

रंजित चौरसिया वीरगंज १३ पौष। नेशनल मेडिकल कलेज वीरगंज तथा प्रिस्टिन भ्याली ड्राइपोर्ट वीरगंजको संयुक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१