Siraha Times
ताजा समाचार

चैते धान गरमा भित्रियाउँने बेलामा;स्थानीय सरकार वीउँ मल आपूर्तिमा उदासीन

  • जेठ २५, २०७८
  • ९११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदारसिराहा लहान-जेठ २५ मंगलबार। चैत महिनामा लगाइएको धान अहिले घर भित्रियाउँने समय भएको छ। मुलतः अहिले हलुका धान गरमा , हल्दी नाथ जस्ता धान काट्ने बेला भएको छ। तर सिराहा जिल्ला भरिका स्थानीय सरकारले कुनै पनि किसानका लागि मल बीउ सिचाइ उपलब्ध गराउन उदासीन देखिएको छ। अनि किन चाहियो हामीलाई यस्तो सरकार ? निकम्मा स्थानीय सरकार जनताको करबाट चल्ने जनप्रतिनिधिहरु उल्टै धाक लगाइएको देखिन्छ ।

अब होसियार हुनुपर्ने देखिने बेला भएको छ। अब आउँदो चुनावमा पनि हामी चुकियो भन्ने यी छोटा राजाहरु राणा भन्दा खतरनाक सावित हुने मोहम्मद रहमुल राइनको जिक्र रहेको छ। अब आउने चुनावमा "हाम्रो भन्दा राम्रो" लाई छान्नु पर्ने देखिन्छ , त्यो चाहिँ जुन पार्टीका किन नहोस् । बहुमतको आड्मा जनतालाई धोका दिने बुद्धिहीन नेताहरु , अब फेरी पनि गाउँ घरमा जनता ठग्न आउँदै छन् ।

तिनीहरूलाई बहिष्कार गरौँ भन्ने भनाइ रहमुल राइनका रहेका छन। धान दिवस असारमा बनाएता पनि धान मिहिनेत गरे चैतमा प्रयाप्त फलेको देखिन्छ । गरमा धानको मुल्य जहिले पनि कम रहेका हुन्छ । नेपाललाई एउटा कृषि प्रधान देश भनेर चिनिन्छ । तसर्थ कृषि प्रधान देशमा मल खाद बीउ वीजन आपूर्ति नहुनु यो एउटा जटिल विषय भएको देखिन्छ ।अब तिनै तहका सरकारले प्रधान्त्वका हिस्सा लिनुपर्ने समय आएको छ।

Open Photo

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१