सनराइज यूथ सिरहा सञ्जाल"द्वारा आपतकालीन राहत वितरण अभियान जारी

  • जेठ २४, २०७८
  • १२४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो लहान जेठ २४ गते।लकडाउन ले गर्दा कसैले पनि भोकमरी को कारण ज्यान गुमाउन न परोस् भन्ने उद्देश्यले ले "सनराइज यूथ सिरहा सञ्जाल"ले सिरहामा आपतकालीन राहत वितरण अभियान जारी गरेको छ। विश्वमा कोभिड–१९ को महामारिले सम्पुर्ण समाज नै अक्रान्त भएको विषम परिस्थितीमा दैनिक रूपमा ज्यालादारी गरीखानेहरु लाई घरमा चुल्हो बलेको छैन भने उहाँहरुको घरमा चुल्हो बलोस भनेर सनराइज यूथ सिरहा सञ्जाल ले सिरहामा राहत बितरण कार्यक्रम गरिएको हो।

No description available.

अभियान अन्तर्गत सिरहाको करजन्हा न . पा.-५ भित्र रहेका कोरोना भाइरसबाट प्रभावित अति विपन्न, गरीब, असहाय घरपरिवार लाई आज एक कार्यक्रम बिच राहत स्वरुप राहत सामग्रीहरु वितरण गरेका छन । सनराइज यूथ सिरहा सञ्जालका अध्यक्ष शोभा साहको अध्यक्षतमा भएको उक्त कार्यक्रममा कर्जनहा नगरपालिका -०५ को वार्ड अध्यक्ष चन्द्र्बुशेन खत्ररी , वार्ड सदस्य सिर्चन सदा र "सनराईज युथ सिराहा सञ्जाल" को पदाधिकारीहरु क्रमशः सन्तोष साह, ममता पासवान , पारस जैसवाल,अनिल सिंह,अर्चना साह,सुरेश सिंह र श्रीदेव महरा लगायत को उपस्थिती मा स्थानीय अति विपन्न, गरीब, असहाय घरपरिवारहरु लाई चामल , दाल ,नुन ,आलु, तेल र सोयाबिन आदि वितरण गरिएको "सनराईज युथ सिराहा सञ्जालले जनाइएको छ।

No description available.

कार्यक्रममा कर्जनहा नगरपालिका -०५ को वार्ड अध्यक्ष चन्द्र्बुशेन खत्ररी ले सनराइज यूथ सिरहा सञ्जालका पदाधिकारीहरुलाई धन्यवाद दिदै कार्यक्रम सफलताको कामना गरेका छ्न। कोभिड१९ को दोश्रो लहर सुरु भए संगै यसको नियन्त्रण को लागि लगाइएको निषेधज्ञा ( लकडाउन) को कारण ले गर्दा गरिव अतिविपन्न परिवारहरुलाई पुन: दुई छाक खाना को समस्या परेको हुनाले त्यस्ता परिवारहरु को लागि हामीले "आपतकालीन राहत बितरण कार्यक्रम "अभियान चालेको सनराइज यूथ सिरहा सञ्जालकी अध्यक्ष शोभा साहले बताएकी छिन।

No description available.

कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा विभिन्न संघ सस्थाले राहत बितरण , आर्थिक सहयोग, स्वास्थ्य सामर्गी वितरण जस्ता कार्यक्रम अभियानमा लागेको छ। सरकारले जनता बाट उठाएको कर बापत सेवा सुबिधा दिनु पर्ने भए तापनि आफ्नो निजि स्वार्थमा निहित भएका कारण मनकारी तथा विभिन्न संघ सस्था ले सहयोग तथा खाद्यान्न सामग्री बितरण गरी जनता प्रति समर्पित हुन पाठ सिकाएका छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९ । संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेक ...

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९। संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेको ...

किर्ते जालसाजी मुद्द ...

Translator       रहमुल लहान  वैशाख ८। सिरहाको नवराजपुर गाउँपा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१