निषेधाज्ञामा पनि जानकीटाेला नाका भएर खुल्याम तस्करी, तस्बिर लिने पत्रकारमाथी अभद्र व्यवहार

  • जेठ २२, २०७८
  • ६२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज जेठ २२ । पर्साकाे ग्रामिण भेगकाे जानकी टाेला नाकाबाट निषेधाज्ञामा पनि खुल्याम तस्करी भइरहेकाे छ । सशस्त्र प्रहरी बेस क्याम्प भिखमपुर र प्रहरी चाैकी जानकी टाेलाकाे मिलाेमताेमा खुल्याम तस्करी भइरहेकाे प्रत्यक्ष रुप मै देख्न पाइन्छ । निषेधाज्ञाकाे साथ साथै सिमानाका समेत बन्द रहेपनि सशस्त्र प्रहरी बेस क्याम्प भिखमपुरका प्रहरी निरिक्षक किस्मान तामाङ र प्रहरी चाैकी जानकी टाेलाका प्रहरी नायब निरिक्षक (सई) बसन्त थापाकाे मिलाेमताेमा खुल्याम तस्करी भइरहेकाे स्थानियहरुले वताएका छन् । तस्करी गराए वापत दुबै प्रहरी इन्चार्जहरुले ठूलाे रकम नजराना बुझ्ने गरेकाे स्थानियहरुकाे भनाई छ ।

निषेधाज्ञामा पनि साे नाकाबाट खुल्याम तस्करी भइरहेकाे समाचार प्रकाशनमा आएपछि स्थलगत रिपाेर्टिङकाे लागि पुगेका पत्रकार श्याम पासवानमाथी प्रहरीद्वारा अभद्र ब्यवहार भएकाे छ । जानकी टाेलाकाे दसाैतास्थित डियुटीमा खटेकाे सशस्त्र प्रहरी बेस क्याम्प भिखपुरका प्रहरी हवलदारले पत्रकार पासवानसंग अभद्र व्यवहार गरेका हुन् । पत्रकार पासवानले साे क्षेत्रमा भइरहेकाे तस्करीकाे भिडियाे र फाेटाे लिएका थिए । साेही ठाउँस्थित डियुटीमा खटेकाे सशस्त्र प्रहरी हवलदारले सुरुमा पत्रकार पासवानसंग ब्लु बुक, लाइसेन्स र आईडी कार्ड मागेका थिए । प्रहरीले मागेकाे सबै थाेक पत्रकार पासवानले देखाएपछि उनकाे माेबाईल मागेर अभ्रद व्यवहार गर्दै उनले लिएकाे फाेटाे र भिडियाे डिलेट गरेका थिए ।

सशस्त्र प्रहरी बेस क्याम्प भिखमपुरका प्रहरी निरिक्षक किस्मान तामाङ कै निर्देशनमा आफुमाथी अभद्र व्यवहार भएकाे पत्रकार पासवानले आराेप लगाए । त्यसपछि पुन: पत्रकार पासवानलाई प्रहरी चाैकी जानकी टाेलाले राेकेर अभद्र व्यवहार गर्दै केही समय नियन्त्रणमा राखेकाे थियाे । डियुटीमा रहेकाे प्रहरीले मागेकाे ब्लु बुक, लाइसेन्स र आईडी कार्ड देखाउदा पनि आधि घाँटा सम्म राेकेका थिए । पछि आफुले प्रहरी नायब निरिक्षक बसन्त थापालाई फाेन गरेपछि आफुलाई छाेडिएकाे पत्रकार पासवाले वताए । पत्रकार पासवान राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष समेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस

लहानमा लागूऔषधसहित द ...

ओम प्रकाश यादव, लहान अषाढ़ २० । सिरहा जिल्लाको लहान नगरपालिका–११ स्थित पडरिया टोलमा लागूऔषध कार ...

औरहीमा पाँच दिने नेत ...

लाल बिहारी यादव लहान २० । सिरहा जिल्लाको औरही गाउँपालिकामा आयोजित पाँच दिने नेतृत्व विकास तालिम बिही ...

नेशनल लघुबित्त बित्त ...

सिराहा / असार १८ गते । नेशनल लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय बिन्धी, धनुषा द्वारा १२ औ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१