Siraha Times
ताजा समाचार

निषेधाज्ञामा पनि जानकीटाेला नाका भएर खुल्याम तस्करी, तस्बिर लिने पत्रकारमाथी अभद्र व्यवहार

  • जेठ २२, २०७८
  • ७६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज जेठ २२ । पर्साकाे ग्रामिण भेगकाे जानकी टाेला नाकाबाट निषेधाज्ञामा पनि खुल्याम तस्करी भइरहेकाे छ । सशस्त्र प्रहरी बेस क्याम्प भिखमपुर र प्रहरी चाैकी जानकी टाेलाकाे मिलाेमताेमा खुल्याम तस्करी भइरहेकाे प्रत्यक्ष रुप मै देख्न पाइन्छ । निषेधाज्ञाकाे साथ साथै सिमानाका समेत बन्द रहेपनि सशस्त्र प्रहरी बेस क्याम्प भिखमपुरका प्रहरी निरिक्षक किस्मान तामाङ र प्रहरी चाैकी जानकी टाेलाका प्रहरी नायब निरिक्षक (सई) बसन्त थापाकाे मिलाेमताेमा खुल्याम तस्करी भइरहेकाे स्थानियहरुले वताएका छन् । तस्करी गराए वापत दुबै प्रहरी इन्चार्जहरुले ठूलाे रकम नजराना बुझ्ने गरेकाे स्थानियहरुकाे भनाई छ ।

निषेधाज्ञामा पनि साे नाकाबाट खुल्याम तस्करी भइरहेकाे समाचार प्रकाशनमा आएपछि स्थलगत रिपाेर्टिङकाे लागि पुगेका पत्रकार श्याम पासवानमाथी प्रहरीद्वारा अभद्र ब्यवहार भएकाे छ । जानकी टाेलाकाे दसाैतास्थित डियुटीमा खटेकाे सशस्त्र प्रहरी बेस क्याम्प भिखपुरका प्रहरी हवलदारले पत्रकार पासवानसंग अभद्र व्यवहार गरेका हुन् । पत्रकार पासवानले साे क्षेत्रमा भइरहेकाे तस्करीकाे भिडियाे र फाेटाे लिएका थिए । साेही ठाउँस्थित डियुटीमा खटेकाे सशस्त्र प्रहरी हवलदारले सुरुमा पत्रकार पासवानसंग ब्लु बुक, लाइसेन्स र आईडी कार्ड मागेका थिए । प्रहरीले मागेकाे सबै थाेक पत्रकार पासवानले देखाएपछि उनकाे माेबाईल मागेर अभ्रद व्यवहार गर्दै उनले लिएकाे फाेटाे र भिडियाे डिलेट गरेका थिए ।

सशस्त्र प्रहरी बेस क्याम्प भिखमपुरका प्रहरी निरिक्षक किस्मान तामाङ कै निर्देशनमा आफुमाथी अभद्र व्यवहार भएकाे पत्रकार पासवानले आराेप लगाए । त्यसपछि पुन: पत्रकार पासवानलाई प्रहरी चाैकी जानकी टाेलाले राेकेर अभद्र व्यवहार गर्दै केही समय नियन्त्रणमा राखेकाे थियाे । डियुटीमा रहेकाे प्रहरीले मागेकाे ब्लु बुक, लाइसेन्स र आईडी कार्ड देखाउदा पनि आधि घाँटा सम्म राेकेका थिए । पछि आफुले प्रहरी नायब निरिक्षक बसन्त थापालाई फाेन गरेपछि आफुलाई छाेडिएकाे पत्रकार पासवाले वताए । पत्रकार पासवान राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष समेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१