विहेको प्रलोभनमा पारी लाहानका एक युवकले युवतीलाई गरे बलात्कार

  • जेठ २२, २०७८
  • ११९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जेठ २२ सिराहा । विहे गर्छु भन्दै प्रलोभनमा पारी लाहानका एक युवकले पुर्वको एक युवतीलाई बलात्कार गरेको छ । लाहान ६ बस्ने साह सोनार थरका युवकले लाहानको ईस्ट पोईन्ट होटलमा एक युवतीको बलात्कार गरेको खुलेको छ । मोबाईल र सामाजिक संजालको माध्यमबाट नजिकिएका सुनसरी- ईटहरी तिरकी युवतीलाई साहले विहे गर्छु भन्दै लाहान बोलाएका थिए । यता साहले आफ्नो बा-आमालाई समेत जानकारी नदिई युवतीलाई लाहान स्थित ईस्टपोईन्ट होटलमा राखेका थिए । युवतीले विहे कहिले गर्ने सोध्दा केटाले पटकपटक यौन सम्पर्क गर्दै यहि नै विहे हो भनी बलात्कार गरेका छन । पछि केटीलाई पन्छाउने उदेश्यले कामको बहानामा केटा फरार भए । पीडित युवतीले ईलाका प्रहरी कार्यालय लाहानमा उजुरी दिएकी छिन । कोरोनाको कारण पीडितको स्वास्थ परिक्षण शुक्रबार हुने महिला अधिकारकर्मी ललिता दासले बताईन । यो समाचार धर्तीमाई खवर बाट लिएको हो 

प्रतिक्रिया दिनुहोस

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

नेपाल रेडक्रस सोसाइट ...

लहान, पुष १३ । “सेवा नै धर्म हो” भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१