केपी ओली र विद्यादेवी भण्डारी पुतला दहन

  • जेठ १८, २०७८
  • ८१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा लहान ,१८ जेठ मंगलबार। प्रतिगमनकारी प्रधानमन्त्री केपी ओलीलाई असंवैधानिक र प्रतिगमनकारी कदम गरेको भन्दै जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले केपी ओली र विद्यादेवी भण्डारी को पुतला दहन गरेका छन् । सिराहा जिल्लाको नवराजपुर गाउँपालिका स्थित सोनबर्षा चौक को सडकखण्डमा आज मंगरबार दिउँसो प्रधानमन्त्री केपी ओलीलाई र राष्ट्रपति विद्यादेवी भण्डारी को पुतला दहन गरेका हुन् । गाउँपालिका अध्यक्ष यादव एवम् युवा नेता संजय कुमार यादव र सन्जिप को अध्यक्षतामा सोनबर्षा चौकमै युवाहरुले केपी ओली र विद्यादेवी भण्डारी पुतला दहन गरेका छन् ।

जनता समाजवादी पार्टी नेपाल, सिरहा जिल्ला का युवा नेता यादव, जसपा नेपालका नवराजपुर गाउँपालिका अध्यक्ष यादव लगायतको विभिन्न नेता र कार्यकर्ता उपस्थितिमा पुतला दहन कार्यक्रम गरिएको अध्यक्ष यादवले जनाए । यादवका अनुसार पछिल्लो समय असंवैधानिक र प्रतिगमनकारी कदम चालेको प्रधानमन्त्री ओलीलाई साथ दिएरठाकुर र महतोले मधेश विरोधी गतिविधि गरेको आरोप उनीहरुको थियो । कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुर र महतोले पार्टीको आधिकारिक निर्णय नमानेर जर्बजस्ती गरेको उनीहरुको भनाई थियो ।

ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि नेपालको संविधानको धारा ७६ अन्तर्गत वैकल्पिक सरकार गठन गर्न विभिन्न चरणका प्रयासहरू हुँदै गर्दा सर्वोच्च अदालतका २०७७ फागुन ११ गतेको फैसला बमोजिम पुर्नस्थापित प्रतिनिधिसभाको कारण विना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले पुनः विघटन गरेको थियो ।

जुलुस बिरोध प्रदर्शन गरेको छ ।असंवैधानिक र निरङ्कुश कदमको विरोधमा |जुलुसमा सहभागी भएको सम्पूर्ण जसपाको नेता र र्कार्यकर्ताहरु लाई अध्यक्ष यादवले धन्यवाद दिनुभएको छ। आजको नाराहरू : १) सहिद - अमर रहुन २) असंवैधानिक र अलोकतान्त्रिक कदम - खारेज गर ३) निरंकुश प्रधानमन्त्री - मूर्दावाद ४)सङ्घीय लोकतान्त्रिक गणतन्त्र - जिन्दावाद ५)जसपा, नेपाल - जिन्दावाद

Open Photo

प्रतिक्रिया दिनुहोस

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९ । संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेक ...

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९। संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेको ...

किर्ते जालसाजी मुद्द ...

Translator       रहमुल लहान  वैशाख ८। सिरहाको नवराजपुर गाउँपा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१