जुन ७ देखि कतारको लागि हप्ताको २ वटा उडान हुने तालिका सहित

  • जेठ १८, २०७८
  • ११६३ पटक पढिएको
  • रामएकवाल राम
alt

कामाठाडौं। नेपाल उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय हवाई उडानको सेड्युल मंगलबार सार्वजनिक गरेको छ। सरकारले यसअघि मंगलबारदेखि चीन, कतार र कर्टीका लागि अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको थियो।

सरकारको सोही निर्णयअनुसार प्राधिकरणले मंगबार उडान तालिका सार्वजनिक गरेको हो। ३० जुन सम्मका लागि उडान तालिका स्वीकृत गरिएको प्राधिकरणले जनाएको छ। स्वीकृत तालिका अनुसार हरेक सोमबार कतारमा दुईवटा उडान हुनेछ। कतारको दोहाका लागि नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक सोमबार उडान गर्नेछन्।

यस्तै बुधबार बुधबार नेपाल एयरलाइन्सले भारतको दिल्ली उडान गर्ने छ भने विहीबार टर्किस एयरलाइन्सले टर्कीको इस्तानबुल उडान गर्नेछ। सरकारले चीनका लागि पनि अन्तर्राष्टिय उडान खुला गरेको थियो। तर मंगलबार प्राधिकरणले सार्वजनिक गरेको तालिकामा चीनका लागि भने उडान स्वीकृत गरिएको छैन।
उता भारतको दिल्लीका लागि भने यसअघि पनि उडान जारी राखिएको थियो।

talika

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१