काठमाडौं : चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप लिएर नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी मंगलबार अपरान्ह काठमाडौं आइपुगेको छ।
वाइडबडी खोप लिन सोमबार राति बेइजिङ गएको थियो। चीनले अनुदानमा प्रदान गर्ने घोषणा गरेको १० लाखमध्ये ८ लाख भेरोसेल खोप लिएर उक्त जहाज मंगलबार अपरान्ह काठमाडौं अवतरण गर्ने निगमले जनाएको छ। उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइने योजना स्वास्थ्य मन्त्रालयले बनाएको छ।
चीनबाट आउने खोप लगाउने प्राथमिकतामा शिक्षक, सार्वजनिक सवारीका चालकलगायत रहेका छन् ।जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङपिङसँगको टेलिफोन वार्तामा गरेको आग्रहअनुसार उक्त खोप नेपाल आउन लागेको हो। यसअघि पनि चीनले ८ लाख भरोसेल खोप दिएको थियो।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved