चीनले दिएको ८ लाख खोप लिएर वाइडबडी काठमाडौं आइपुग्यो

  • जेठ १८, २०७८
  • ८८७ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं :  चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप लिएर नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी मंगलबार अपरान्ह काठमाडौं आइपुगेको छ।

वाइडबडी खोप लिन सोमबार राति बेइजिङ गएको थियो। चीनले अनुदानमा प्रदान गर्ने घोषणा गरेको  १० लाखमध्ये ८ लाख  भेरोसेल खोप लिएर उक्त जहाज मंगलबार अपरान्ह काठमाडौं अवतरण गर्ने निगमले जनाएको छ। उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइने योजना स्वास्थ्य मन्त्रालयले बनाएको छ।

चीनबाट आउने खोप लगाउने प्राथमिकतामा शिक्षक, सार्वजनिक सवारीका चालकलगायत रहेका छन् ।जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले  चिनियाँ राष्ट्रपति सि जिङपिङसँगको टेलिफोन वार्तामा गरेको आग्रहअनुसार उक्त खोप नेपाल आउन लागेको हो। यसअघि पनि चीनले ८ लाख भरोसेल खोप दिएको थियो। 

प्रतिक्रिया दिनुहोस

सुशीला कार्कीलाई प्र ...

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विष ...

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१