Siraha Times
ताजा समाचार

माधव नेपालको अल्टिमेटममा ओलीको बेवास्ता, सांसदहरू राजीनामा दिन संसद् भवन जाँदै

  • वैशाख २७, २०७८
  • १०६१ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरू राजीनामा दिन संसद् भवन नयाँ बानेश्वर जान लागेका छन् । नेता नेपालले सहमतिका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसामु प्रस्तुत गरेका सर्तहरूको बेवास्ता गरेको भन्दै सांसदहरू सामूहिक राजीनामा दिन संसद् भवन जान लागेका हुन् ।

कति सांसदले राजीनामा दिने भन्ने संख्या भने अहिले बाहिर आएको छैन । 

हाल नेपाल पक्षमा ३३ जना सांसद रहेका छन् । जसमध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकका १० जना सांसद रहेका छन् ।

नेता नेपालले आइतबार राति अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्मका लागि अल्टिमेटम दिँदै ६ बुँदे सर्त राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढी प्रभाव ...

ओम प्रकाश यादव लहान, भदौ ११ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा विस्थापित समुदायलाई ...

बाढीपीडितका लागि लहा ...

सिरहा टाइम्स लहान भदौ ११ । चीनको तिब्बततर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट र ...

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१